comparemela.com

दसैँको सोह्र श्राद्ध लागेसंगै झापामा जुवाको बिगबिगी सुरु भएको छ । झापाको दमक १ बाट मंगलबार राती ४ लाख भन्दाबढी नगद र १६ थान कौडासहित १७ जना जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्की नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । राति ११.३० बजे दमक १ स्थित हिमाल देवानको घर कम्पाउण्डको पछाडीपट्टी जस्ताको छाना भएको एकतले भान्सा कोठामा पैसाको बाजी थापी कौडा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । कौडा खेलिरहेको ठाउँबाट १६ थान कौडा र चार लाख सत्ताईस हजार छ सय नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताउनुभएको छ ।

Related Keywords

Bhadrapur , Nepal General , Nepal , Hari Koirala , Rajan Dahal , Rupesh Tamang , Rakesh Thapa , Prasad Niraual , Nava Karki , Pitru Paksha Jhapa , Sunil Saha , Office Jhapa , Pitru Paksha Jhapa Start The , Place Location , Prince Neupane , Adil Rai , Bhadrapur Ward , Lotus Ward , Rising Ward , Mohan Brawl , Morang Ward , Shanischare Ward , Balarama Basnet , Hospital Oli , பத்ராபூர் , நேபால் , ஹரி கொய்ராலா , ராகேஷ் தாபா , சுனில் சஹா , இடம் இடம் ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.