धोका-गद्द&#x

धोका-गद्दारीको अनन्त भुमरीमा छटपटाएको कम्युनिष्ट पार्टी


निर्भीकजंग रायमाझी
२०७८ साउन १ गते ८:१८ मा प्रकाशित प्रतिक्रिया
१ साउन, काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनमाथि लेखिएको चन्द्रदेव जोशीको एक लाख ८८ हजार शब्दको पुस्तकको निचोडले भन्छ– नेपालमा कम्युनिस्ट पार्टीको जन्म संकीर्णताको आधारमा भएको थियो ।
आगामी महिना प्रकाशित हुने उक्त पुस्तकमा नेपाली कम्युनिष्टहरूको सत्तरी वर्षमाथि सूक्ष्म विश्लेषण गरिएको छ । २०२१ सालदेखि कम्युनिस्ट पार्टीमा आवद्ध ८४ वर्षीय वामपन्थी नेता जोशीसँग हामीले गरेको लामो कुराकानीको निष्कर्ष पनि उनको पुस्तककै निचोडसँग मिल्दोजुल्दो छ ।
अर्थात्, २००६ सालमा सानो समूहले कम्युनिस्ट पार्टी सुरु गर्दा नै संकीर्ण सोच र स्वार्थको बीज रोपिएको थियो । टुटफुट र धोका–गद्दारीको श्रृंखला पार्टीको गर्भसँगै सुरु भएको थियो । जसको पुनरावृत्तिको शिकार हुँदै केपी ओली सोमबार अदालतको फैसलाबाट सत्ताच्यूत भए । यसपछि ओली र माधव नेपालबीच एकले अर्कोलाई ‘गद्दार’ करार गर्ने क्रम चलिरहेको छ ।
यो कुरा बुझ्न, कम्युनिष्ट पार्टीको फर्मेसन (गठन) कुन परिवेशमा भयो त्यो केलाउन जरुरी हुने नेता जोशी बताउँछन् ।
संस्थापक नेता पुष्पलाल ९७ सालको काण्डका चार सहिदमध्ये एक गंगालाल श्रेष्ठका भाइ थिए । प्रजा परिषद हुँदै नेपाली कांग्रेसमा पुगेका युवा पुष्पलाललाई रूसी बोल्सेभिक नेता लेनिनको जीवनीले प्रभावित गर्यो । लेनिनका दाजु अलेक्सेन्द्रलाई पुष्पलालका दाजु गंगालालझैं रूसीको जारशाहीले मृत्युदण्ड दिएको थियो ।
‘विभिन्न राजनीतिक–सामाजिक समूहबाट अलग हुन चाहेका युवाहरूले कम्युनिष्ट पार्टी गठन गरे’ नेता जोशी भन्छन्, ‘यसको अगुवाई टंकप्रसादको प्रजा परिषदबाट अलग भई छुट्टै राजनीति सुरू गर्ने क्रममा पुष्पलालले गरे ।’
पार्टी टुटफुटको श्रृंखला नेकपा स्थापनाको दुई वर्षपछि नै सुरु भयो । सन् १९५२ को अन्त्यतिर जनकपुरको बटेश्वरमा बसेको बैठकले पोलिटब्युरोका सदस्यहरूको प्रस्तावमा पुष्पलालको नीतिलाई ‘अतिवादी र वामपन्थी सङ्कीर्णतावादी’ ठहर गर्दै उनलाई पार्टी नेतृत्वबाट हटाएर मनमोहन अधिकारीलाई पार्टी महासचिवमा नियुक्त गर्यो ।
तथ्यगत आधारमा हेर्दा पनि अध्ययनका लागि भारतमा रहेका मनमोहन अधिकारी १९९९ देखि नै भारतीय कम्युनिस्ट पार्टीको सदस्य थिए र भारत छोडो आन्दोलमा जेल बसिसकेका थिए ।
भारतीय कम्युनिष्ट नेता नृपेन्द्र चक्रवर्तीको संगतमा पुगेको पुष्पलाललाई कम्युनिष्ट पार्टी गठन गर्ने हतारो जाग्यो । उनले काठमाडौंबाट चार दौंतरीलाई बोलाएर कलकत्ताबाट पार्टी स्थापनाको घोषणा गरे ।
अर्कोतिर कोलकातामा अध्ययनरत केशरजंग रायमाझी पनि २००२ सालदेखि नै भारतमा कम्युनिस्ट पार्टीको सदस्य थिए । भारतमा पढिरहेका अन्य युवासमेत त्यहाँको भारत छोडो आन्दोलन तथा कम्युनिस्ट गतिविधिसँग परिचित थिए ।
अर्का भारतीय कम्युनिष्ट नेता रत्नलाल ब्राह्मणको संगतमा रहेका रायमाझी नेपाली विद्यार्थीहरू बीच ‘प्रगतिशील अध्ययन समूह’ चलाउँथे । यिनै युवा समयक्रममा नेपालमा आई जोडतोडका साथ कम्युनिस्ट पार्टीमा सक्रिय भए ।
मनमोहन अधिकारीको भिन्नै धार थियो । बनारसमा पढेर फर्केका अधिकारी विराटनगर जुट मिलमा कर्मचारी थिए । बनारसमा उनले भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिनुको साथै भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिए । चर्चित विराटनगर जुट मिल हड्तालपछि अधिकारीलाई गिरफ्तार गरी हिँडाएरै काठमाडौं ल्याइएको थियो ।
कम्युनिष्ट पार्टी स्थापनाको गर्भमै पुष्पलाल, रायमाझी र मनमोहन अधिकारीको फरकफरक पृष्ठभूमि र आकांक्षाको टसल थियो । पार्टी संस्थापक बन्ने हतारोमा पुष्पलाल श्रेष्ठले राम्रो सरसल्लाह र समन्वय नगरेको भावना रायमाझी र अधिकारीमा थियो ।
तर, तीनवटै नेता भारतीय कम्युनिष्ट नेताको सङ्गतबाट आएका थिए । त्यो समय भारतीय कम्युनिष्ट आन्दोलनमा चिनियाँ जनवादी क्रान्तिको प्रभाव पर्न थालिसकेको थियो । नेपालमा नयाँ जनवादी कार्यक्रमको अवधारणा भने चीनबाट सिधै नभएर भारत हुँदै नेपाल छिरेको थियो ।  नेपालमा मार्क्सवादी विचार प्रवाह गर्न त्यतिबेला जुनजुन पर्चा निकालियो त्यो भारतीय कम्युनिस्ट पार्टीकै पर्चा हुबहु अनुवादजस्तो थियो । यसरी गठन भएको कम्युनिस्ट पार्टीले नेपाली कांग्रेससँग मिलेर २००७ सालको आन्दोलनमा होमियो । केही कम्युनिस्ट नेता भारतबाट त केही नेपालमै रहेर प्रजातन्त्रको लागि संघर्ष गरे ।
प्रजातन्त्र घोषणपछि काठमाडौं, बनारस र कोलकातामा रहेर कम्युनिस्ट पार्टीले आफ्नो गतिविधि ग¥यो । यसो त नेपाली कांग्रेसले पनि सुरूवाती समयका सबै बैठक, पार्टी सम्मेलन भारतमा गरेको थियो । तर सामन्तवादमा आधारित नेपाली समाजको रूपान्तरणलाई मुख्य एजेण्डा बनाएको नेपाल कम्युनिस्ट पार्टीले भने स्वदेशमा प्रभाव विस्तार गर्न सकेको थिएन । रूस हुँदै चीन अनि चीनबाट भारतमा फैलिएको कम्युनिस्ट प्रवाह छिमेकी नेपालमा प्रवेश गरेको थियो ।
यहीक्रममा २००८ साल माघ १० गते मातृकाप्रसादको सरकारले पार्टीमाथि प्रतिबन्ध लगायो । पाँच वर्ष प्रतिबन्धित अवस्थामा रहेको पार्टी २०१३ सालमा टङ्कप्रसाद आचार्य प्रधानमन्त्री छँदा नेपाली राजतन्त्रअन्तर्गत रहेर शान्तिपूर्ण रूपमा समाजवादको प्रचार गर्ने लिखत दिएपछि मात्र प्रतिबन्धबाट हट्यो ।
पार्टी टुटफुटको श्रृंखला नेकपा स्थापनाको दुई वर्षपछि नै सुरु भयो । सन् १९५२ को अन्त्यतिर जनकपुरको बटेश्वरमा बसेको बैठकले पोलिटब्युरोका सदस्यहरूको प्रस्तावमा पुष्पलालको नीतिलाई ‘अतिवादी र वामपन्थी सङ्कीर्णतावादी’ ठहर गर्दै उनलाई पार्टी नेतृत्वबाट हटाएर मनमोहन अधिकारीलाई पार्टी महासचिवमा नियुक्त गर्‍यो ।
भनिन्छ, यसमा शैलेन्द्रप्रसाद उपाध्याय र धनुषचन्द्र गौतमको विशेष पहल थियो । बैठकपूर्व शैलेन्द्र उपाध्याय भारतीय कम्युनिस्ट पार्टीको सल्लाह लिन गएका थिए । पछि यी दुवै नेता कम्युनिष्ट आन्दोलनमा रहेनन् । उपाध्याय पञ्चायत प्रवेश गरी मन्त्री गए, गौतम साहित्यतिर लागेर नामी उपन्यासकार बने ।
यसो त नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुँदै गर्दा विश्व कम्युनिस्ट आन्दोलनमा पनि सङ्कीर्णतावादी धार रहेको कुरा पुराना वामपन्थी नेता कृष्णराज बर्मा बताउँछन् । बर्माका अनुसार भारतीय कम्युनिस्ट पार्टीमा पी.सी. जोशीलाई हटाएर १९४७ मा बी.टी. रणदिवे कार्यकारी महासचिव भएजस्तै नेपाल कम्युनिस्ट पार्टीमा भएको थियो ।
छिमेकी चीनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सयौं वार्षिकोत्सव चलिरहँदा नेपालमा पनि कम्युनिस्ट पार्टीले आफ्नो ७२ वर्षको इतिहासलाई धूलिसात गर्ने कदम चालिरहेको छ । अन्तर पार्टीसंघर्षले नेपाली कम्युनिस्ट आन्दोलन नै धरासायी भइरहेको छ ।
यसै महिना प्रकाशित हुने चन्द्रदेव जोशीको पुस्तकको आवरण ।
टुट र धोका–गद्दारीको अनन्त श्रृंखला
नेकपा फुटको विषयले अहिले सिङ्गो देश आक्रान्त छ । सत्तासीन दलको लफडाले राज्यसंयन्त्रमा नै असर परिरहेको छ । पूर्वएमालेकै कुरा गर्दा १४ वर्ष महासचिव भएका माधवकुमार नेपाल र वर्तमान अध्यक्ष केपी ओलीबीचको फाटो उत्कर्षमा छ । यता प्रचण्ड र केपी ओलीबीच प्रधानमन्त्री पद र शक्तिशाली अध्यक्ष हुने होडबाजीले एकीकृत भइसकेको नेकपा फेरि विभाजित भएको छ ।
नेताबीच चरम सत्तालोलुपता र फुट देखिनु नेपाली कम्युनिस्ट आन्दोलनको  इतिहासमा नौलो कुरा भने होइन ।  स्थापनाको पाँच वर्षमै पुष्पलाल खेमा, रायमाझी खेमा र मनमोहन समूहको तीन ध्रुवमा पार्टीको आन्तरिक संगठन बाँडिएको थियो ।
पार्टीभित्रको गुटबन्दीमा पुष्पलाल विरोधी साँठगाँठ बलियो हुँदै गयो । आफैंले स्थापना गरेको पार्टीमा पुष्पलाल आफैं अल्पमतमा परे । पार्टीभित्रको  विपक्षी नेताजस्तो बनाइए । अध्ययन, संगठन र आन्दोलन तीनवटै क्षेत्रमा पुष्पलाल अरूभन्दा बर्ता मेहनती थिए । तर, पार्टी स्थापनापछिको पहिलो महाधिवेशन अघि नै उनी महासचिवबाट हट्न बाध्य भए । सन् १९५४ मा पाटनमा भएको पहिलो महाधिवेशनले मनमोहन अधिकारीलाई नै महासचिव चुन्यो ।
नेताबीच चरम सत्तालोलुपता र फुट देखिनु नेपाली कम्युनिस्ट आन्दोलनको  इतिहासमा नौलो कुरा होइन । स्थापनाको पाँच वर्षमै पुष्पलाल खेमा, रायमाझी खेमा र मनमोहन समूहको तीन ध्रुवमा पार्टीको आन्तरिक संगठन बाँडिएको थियो ।
सन् १९५७ मा भएको दोस्रो महाधिवेशनमा डा. केशरजंग रायमाझी महासचिव भए । काठमाडौंको फोहोरा दरबारमा भएको यो पहिलो खुल्ला महाधिवेशन थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा पुष्पलाल श्रेष्ठ काठमाण्डौंबाट कांग्रेसका गणेशमान सिंहसँग पराजित भए । ललितपुरबाट तुल्सीलाल अमात्य र पाल्पाबाट कलमराज रेग्मी दुई पोलिटब्यूरो सदस्यले मात्र चुनाव जिते, बाँकी २ जाना रौतहटका स्थानीय कार्यकर्ता थिए । चार सदस्यीय संसदीय दलमा तुल्सीलाल अमात्य संसदीय दलको नेता भए ।
रायमाझीको उदय र अवशान कम्युनिष्ट आन्दोलनको एक महत्त्वपूर्ण कालखण्ड बन्यो । डा. रायमाझी ‘रायमाझी प्रवृत्ति’ का रूपमा चित्रित भए । २०१७ साल पुष १ गते राजा महेन्द्रले निर्वाचित संसद विघटन गरी  निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायत कांग्रेस–कम्युनिष्ट नेताहरूलाई पक्राउ गर्दा �

Related Keywords

Kathmandu , Bagmati , Nepal , Jhapa , Nepal General , United States , Biratnagar , India , China , Janakpur , Kolkata , West Bengal , Chitra , Uttar Pradesh , Calcutta , Russia , Lal Anti , Chhattisgarh , Rautahat , Russian , Chinese , A Joshi States , Lal Shrestha , Joshi States , King Mahendra , Man Mohan Adhikari , Daniel Upadhyay Indian , Mohan Vikram Singh , Mohan Vikram , Madan Bhandari , Mohan Baidya , Pushpa Lal Shrestha , Keshar Jung Rayamajhi , Mohan Adhikari , Baburam Bhattarai , Jhala Nath Khanal , Narayan Bijukchhe Lal , Nepali Congress , Division Nepal , Young , Indian Communist Party China , Party His , Kp Division , Nepal Communist Party , Party Nepali , Kolkata Under Communist Party His , World Communist , Nepal Communist , Start The , Young Russian , Indian Communist , India Communist , Rayamajhi Nepali , Young Inflated Nepal , Hot Biratnagar , Chinese Democratic , Nepal New Democratic , Form It Indian Communist , Communist Party Nepali , Communist Party His , China India , Prasad Acharya Prime Minister , Daniel Upadhyay Indian Communist , Upadhyay Panchayat , Krishna Burma States , Secretary Nepal Communist , China Communist , Nepali Communist , Madhav Kumar Nepal , Prime Minister Office , Lal Anti Nexus , Keshar Jung Rayamajhi Secretary , Rautahat Local , Prime Minister , Pushpa Lal Shrestha General , Secretary Shrestha , Rayamajhi His , Bishnu Secretary , General Mohan Vikram Singh New , Failed Jana , Man Mohan Adhikari Country , Madhava Kumar Nepal , China Tse , Saying Mohan Baidya , Yami His , New Constitution , Current Prime Minister , Saying Gal , New Communist , கட்மாண்டு , பாக்மாடி , நேபால் , ஜாபா , ஒன்றுபட்டது மாநிலங்களில் , பிரதணகர் , இந்தியா , சீனா , ஜனக்பூர் , கொல்கத்தா , மேற்கு பெங்கல் , சித்ரா , உத்தர் பிரதேஷ் , கால்குட்டா , ரஷ்யா , சத்தீஸ்கர் , ரௌதத் , ரஷ்ய , சீன , லால் ஸ்ரேஸ்தா , கிங் மகேந்திரா , மதன் பண்டாரி , மோகன் பைத்யா , புஷ்பா லால் ஸ்ரேஸ்தா , பாபுரம் பட்டறை , ஜாலா நாத் கானல் , நேபாளி காங்கிரஸ் , இளம் , கட்சி அவரது , நேபால் கம்யூனிஸ்ட் கட்சி , உலகம் கம்யூனிஸ்ட் , நேபால் கம்யூனிஸ்ட் , தொடங்கு தி , இளம் ரஷ்ய , இந்தியன் கம்யூனிஸ்ட் , இந்தியா கம்யூனிஸ்ட் , சீன ஜனநாயக , சீனா இந்தியா , சீனா கம்யூனிஸ்ட் , நேபாளி கம்யூனிஸ்ட் , மாதவ் குமார் நேபால் , ப்ரைம் அமைச்சர் அலுவலகம் , ப்ரைம் அமைச்சர் , செயலாளர் ஸ்ரேஸ்தா , புதியது அரசியலமைப்பு , தற்போதைய ப்ரைம் அமைச்சர் , புதியது கம்யூனிஸ்ட் ,

© 2025 Vimarsana