comparemela.com


दूधमा दुई रूपियाँ अनुदान
  
शेयर गर्नुहोस:
सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, असार २७ गते । सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानका पशुपालक किसानले दूधमा दुई रुपियाँका दरले अनुदान पाएका छन् । भिमान कृषि सहकारी संस्थामा दूध ल्याएर बिक्री गर्ने किसानलाई बागमती प्रदेश सरकारमार्फत शनिबार उत्पादनमा आधारित अनुदान प्रतिलिटर दुई रुपियाँका दरले उपलब्ध गराइएको छ ।
भिमान निवासी गाईपालक किसान राजकुमार केसीले आफूले सात वर्षदेखि गाई पाल्दै आएको र अहिले दैनिक सहकारीमा लगेर २० लिटर दूध बिक्री गर्दै आएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “गतवर्ष साउन १ देखि अहिलेसम्म छ हजार २५० लिटर दूध सहकारीमा लगेर बिक्रीबापत प्रतिलिटर दुई रुपियाँका दरले १२ हजार पाँच सय रुपियाँ अनुदान रकम बुझेँ । ”
उहाँले गतवर्ष दूध बिक्री गरेबापत आफूले यो वर्षकै हाराहारीमा अनुदान रकम बुझेको बताउनुभयो । केसीको गोठमा तीनवटा दुहुनासहित चारवटा जर्सी गाई छन् ।
सहकारी संस्थाले चालू आर्थिक वर्ष २०७७÷७८ मा १२९ जना किसानको एक लाख ६३ हजार ४३४ लिटर दूध बिक्री गरी प्रतिलिटर दुई रुपियाँका दरले बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले तीन लाख २६ हजार ४६८ रुपियाँ अनुदान उपलब्ध गराएको सहकारीका सहसचिव रामहरि कोइरालाले जानकारी दिनुभयो ।
उहाँले गत वर्ष दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपियाँका दरले अनुदान दिएकामा यस वर्ष वृद्धि भएको सुनाउनुभयो । फ्याटका आधारमा सहकारीले भैँसीको दूध प्रतिलिटर ६५ रुपियाँ र गाईको दूध ४८ देखि ५५ रुपियाँसम्ममा खरिद गर्ने गरेको सहकारीका सहसचिव कोइरालाले जानकारी दिनुभयो ।
अनुदान रकम वितरण गर्दै बागमती प्रदेश सभाका सदस्य लेखनाथ दाहालले किसानलाई पशुपालनप्रति प्रोत्साहन गर्न अनुदान नभई पुरस्कारस्वरूप उपलब्ध गराएको बताउनुभयो । उहाँले प्रतिलिटर दुई रुपियाँबाट बढाएर अनुदान पाँच रुपियाँ पु¥याउन पहल भइरहेको सुनाउनुभयो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्

Related Keywords

Jersey ,Sindhuli ,Nepal General ,Nepal ,Bagmati ,Hari Koirala ,Lekhanath Dahal ,Fisheries Development Directorate ,Bagmati Pradesh Saturday ,Bagmati Pradesh ,ஜெர்சி ,சிந்துலி ,நேபால் ,பாக்மாடி ,ஹரி கொய்ராலா ,பாக்மாடி பிரதேஷ் ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.