comparemela.com


एकीकृत भन्सार जाँचचौकी नेपालगञ्जमा धमाधम
  
शेयर गर्नुहोस:
 
सिराज खान
नेपालगञ्ज, असार २१ गते । निषेधाज्ञाबीच पनि यहाँस्थित नेपाल–भारत सीमामा एकीकृत भन्सार जाँचचौकी (आईसीपी)को निर्माण धमाधम छ ।
भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा जाँचचौकी निर्माण भइरहेको हो ।
सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर होमनाथ भुसालका अनुसार दुई वर्षभित्र निर्माण सक्ने सम्झौतासाथ छ महिनाअघि काम सुरु भएको हो । भारतीय निर्माण कम्पनी राजदीप विल्डकन प्रालिलाई ८८ बिघा जग्गा हस्तान्तरण गर्दै काम सुरु भएको थियो ।
उहाँले निषेधाज्ञाको समयमा पनि दिनरात काम भइरहेकाले आगामी डेढ वर्षमा निर्माण कार्य पूरा हुने सम्भावना रहेको बताउनुभयो । भारततर्फ भवन निर्माणको काम ३५ प्रतिशत सम्पन्न र सडक बनाउने काम पनि तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।
जाँचचौकी निर्माणका लागि नेपाल सरकारले हस्तान्तरण गरेको ८८ बिघा जग्गामध्ये ६७ बिघा गोदामलगायतका संरचना बन्ने र बाँकी २१ बिघा बाटोका लागि छुट्याइएको भुसालले बताउनुभयो ।
आईसीपी निर्माणको निरीक्षण गरिरहेको राइटस् कन्सल्टेन्टका प्रमुख अजय अग्रवालले हालसम्मको कामको गति हेर्दा डेढ वर्षभित्र सबै निर्माण पूरा गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिने अवस्था देखिएको बताउनुभयो ।
भन्सार कार्यालय, पशु क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन, अध्यायगमन कार्यालयलगायत सबै कार्यालय एकै ठाउँमा रहने एकीकृत भन्सार जाँचचौकी निर्माणका लागि राजदीप विल्डकन प्रालिले दुई अर्ब ३५ करोड रुपियाँँमा ठेक्का लिएको छ ।
सोहीअन्तर्गत चौलिका चोकदेखि आईसीपीसम्मको २२ सय मिटर पक्की कालोपत्रे फोरलेन सडक पनि निर्माण भइरहेको छ ।
आईसीपी निर्माणका लागि गत कात्तिक २७ गते भारतका उद्योग वाणिज्यमन्त्री पीयूष गोयल र नेपालका तत्कालीन सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले संयुक्त रूपमा भिडियो कन्फ्रेन्समार्फत शिलान्यास गर्नुभएको थियो ।
जग्गा अधिग्रहण गरिएको १० वर्षपछि पूर्वाधार निर्माण कार्य सुरु गरिएको हो । भारततर्फ पनि १४२ एकड जमिनमा आईसीपी निर्माण कार्य भइरहेको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्

Related Keywords

India ,Nepal ,Khan Nepalgunj ,Indian Construction The Company ,Customs Office ,Nepalgunj Sub ,Indian Construction ,Start The ,இந்தியா ,நேபால் ,சுங்க அலுவலகம் ,இந்தியன் கட்டுமானம் ,தொடங்கு தி ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.