राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले सरकारी संस्थानहरूको प्रगति कम देखिएको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्रालयसँग सम्बद्ध निकायहरूको आर्थिक वर्ष ०७७÷७८ मा सञ्चालित विकास आयोजना तथा कार्यक्रमको वार्षिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले मन्त्रालयअन्तर्गतका निकायबाट प्रवाह हुने सेवाहरूमा विविधीकरण हुनुपर्ने बताउँदै भन्नुभयो, “सधैँ भन्सारमा गाडीको कर उठाएर मात्र राज्य चल्न सक्दैन ।