बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च (विकास बजेट) समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने गरेको भन्दै नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीलाई भेटेर चेम्बरले आर्थिक वर्ष २०७७/७८ मा भएको पुँजीगत खर्च पनि विगतसरह नै न्यून रहेकाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च समयबद्ध तालिकाअनुसार खर्च गरिनुपर्ने र प्रत्येक त्रैमासिकमा यसको प्रभावकारी अनुगमन गरिनुपर्नेमा जोड दिएको छ ।