तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ दल दर्ताकाे प्रक्रियामा रहेकाे नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उहाँहरु बीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ । सरकारले अस्ति मङ्गलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा (एमाले) विभाजन भएर नयाँ दल दर्ता प्रक्रिया शुरू भएपछि तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।

Related Keywords

Kathmandu , Bagmati , Nepal , Kamal Dahal Prachanda , Sher Bahadur Deuba , Council Of Ministers , M Center , Prime Minister Sher Bahadur Deuba , Prime Minister , Prime Minister Secretariat , Tuesday Political , கட்மாண்டு , பாக்மாடி , நேபால் , சபை ஆஃப் அமைச்சர்கள் , மீ மையம் , ப்ரைம் அமைச்சர் , ப்ரைம் அமைச்சர் செயலகம் , செவ்வாய் பொலிடிகல் ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.