सर्वोच्च अदालतले ‘ज्येष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन अन्तरिम आदेश दिएको छ । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गर्दै दर्ता गरेको रिट निवेदनमा शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले ‘ज्येष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोरोनाविरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको हो ।