vimarsana.com

बेनीमा बन्ने भयो रामायण पार्क


बेनीमा बन्ने भयो रामायण पार्क
  
शेयर गर्नुहोस:
बेनी समाचारदाता
बेनी (म्याग्दी), साउन ८ गते । बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माणको तयारी थालिएको छ । धार्मिक एवं एतिहासिक महत्वको स्थल पछैलाई जिल्लाकै धार्मिक पर्यटनको केन्द्र बनाउने योजनासहित नगरपालिकाले रामायण पार्कको अवधारणा अगाडि सारेको हो ।
लङ्काका राजा रावण जन्मिएको क्षेत्र भनेर श्रीमद्भागवत महापुराणमा समेत उल्लेख गरिएको यस क्षेत्रको चौतर्फी विकास गरेर विश्वभरका हिन्दु धर्मालवम्बीको आस्थाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित अगाडि बढिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क (उद्यान) निर्माण सुरु गरिएको हो ।
पार्क निर्माणका लागि सङ्घीय सरकारबाट दुई करोड रुपियाँ रकम विनियोजन भएपछि नगरपालिकाले पार्क बनाउनका लागि बोलपत्र आह्वानसमेत गरिसकेको छ ।
रामायण पार्कको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारेर योजना अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । यहाँ रहेका पौराणिक प्रमाणलाई यथावत् राखेर पार्क बनाइने भएको हो । पहिलो चरणमा रामायणको मूर्ति, बगैँचा, विश्राम स्थल, धर्मशालालगायतका पूर्वाधार बनाइने सुवेदीले बताउनुभयो ।
रामायण पार्क बनाएर विश्वरभरका हिन्दु धर्मावलम्बीको तीर्थस्थलका रूपमा विकास गर्ने उद्देश्य नगरपालिकाको रहेको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । बजेटको उपलब्धता र आवश्यकताका आधारमा पूर्वाधार निर्माणलाई क्रमागत रूपमा निरन्तरता दिइने उहाँले बताउनुभयो ।
पुलह, पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गामध्ये पहिलो चरणमा चार रोपनीमा रामायण पार्क बनाउन लागिएको नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताउनुभयो । हालको मन्दिर, हवन कुण्ड, रावणको नाभि गाडेको ठाउँलगायत पुरानो संरचनालाई यथावत् राखेर पूर्वाधार बनाइनेछ ।
कुल २३ करोड रुपियाँ लागत अनुदान गरिएको पार्कलाई हाललाई पर्यटन मन्त्रालयले दुई करोड ११ लाख र नगरपालिकाको एक करोड १४ लाख विनियोजन गरेका छन् । २०६६ मा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदकुमार श्रेष्ठलगायतले मुक्तिनाथ आवतजावत गर्ने धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा रामायण पार्क बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो ।
 
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Related Keywords

Myagdi , Nepal General , Nepal , Shrestha Muktinath , Lal Subedi , Hindu Center As Development , Tourism Ministry , Construction Start , நேபால் , சுற்றுலா அமைச்சகம் , கட்டுமானம் தொடங்கு ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.