छ महिनामा &#

छ महिनामा जोडिन सक्छ सिमकोट


छ महिनामा जोडिन सक्छ सिमकोट
  
शेयर गर्नुहोस:
राजन रावत
हुम्ला, असार १९ गते । आगामी छ महिनामा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जाल जोडिने भएको छ । कर्णाली करिडोरको सिमकोटदेखि सर्केगार्ड खण्डको छारे र लेप्चेमा बेलिब्रिज निर्माणको प्रक्रिया अगाडि बढेपछि नयाँ आर्थिक वर्षको मध्यअघि सदरमुकाम सिमकोटमा राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो ।
आगामी पुस महिनाभित्र हालसम्म राष्ट्रिय सडक सञ्जालसँंग नजोडिएको एक मात्र हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिने हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिनुभयो । सदरमुकामलाई सडक जोड्नकै लागि कर्णाली करिडोरको सिमकोट सर्केगार्ड खण्डको छारे र लेप्चे क्षेत्रमा ५० मिटरका दुईवटा बेलिब्रिज निर्माणका लागि बोलपत्र आह्वान हुँदा काम अगाडि बढ्ने उहाँको भनाइ छ ।
उहाँका अनुसार आयोजनालाई जति सक्दो चाँडो सदरमुकाम सिमकोटसँंग राष्ट्रिय सडक सञ्जाल जोड्नका लागि केन्द्र तथा जनस्तरबाट दबाब छ । यसका लागि डेढ करोड रुपियाँ लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । सिमकोटलाई सडक सञ्जालसँग जोड्नका लागि वैकल्पिक सडक निर्माण गरेर आयोजनालाई तीव्रता दिने उहाँले बताउनुभयो । तत्काललाई वैकल्पिक माध्यमबाट सडक जोडिनेछ । सबै कुराले साथ दिए छ महिनामा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताउँदै प्रमुख लामाले छारेबाट लेप्चेसम्मको डेढ किलो मिटर सडक निर्माण कार्यलाई पनि तत्काल अगाडि बढाइनेछ ।
त्यस क्षेत्रको केही भागबाहेक अन्य सडक निर्माण गर्न सहज रहेको छ । असजिलो भागमा बिस्फोट गरेर सडक निर्माण गर्ने तयारीमा आयोजना रहेको छ ।
अब आयोजनाले १० किलो मिटर सडक निर्माण गर्न बाँकी रहेको बताउँदै उहाँले हाल काममा तीव्रता दिइएको छ । सर्केगार्डबाट अगाडि बढेको सडकको निर्माण गर्ने कार्य स्याल्तडीमा पुगेको छ ।
आउँदो साउन मसान्तसम्म त्यसको पनि पाँच किलो मिटर निर्माण भइसक्ने आयोजनाले जनाएको छ । खार्पुनाथ गाउँपालिकाका लागि बगरबाट स्याल्तडीसम्मको १० किलोमिटर सडकको निर्माण कार्य धमाधम भई रहेको बताउँदै उहाँले बेलिब्रिज निर्माणका लागि निर्माण कम्पनी छनोट तथा सम्झौता गर्न दुई महिना लाग्ने र त्यसपछि निर्माण कार्यले तीव्रता पाउने बताउनुभयो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Related Keywords

Karnali , Nepal , Rajan Humla , Network For Center , Construction The Company , Simkot National , Mountain District Humla , Road Construction , கர்னாலி , நேபால் , சாலை கட்டுமானம் ,

© 2025 Vimarsana