दोस्रो पटक प्रतिनिधिसभा विघटनविरुद्ध परेको बाँकी रिटमाथि बुधबार संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले दोस्रो पटक प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० रिटमध्ये १४६ सांसदको तर्फबाट परेको रिटलाई मुल मुद्दा मानि फैसला गरेपछि बाँकी रहेको २९ रिटमाथि आज सुनुवाइ भइरहेको बताउनुभयो ।
सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबर
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको रिट खारेज गरेको छ । बुधबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको २९ वटा रिट ‘रिट खारेज’ गर्ने फैसला गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।