ताप्लेजुङको पूर्वी सिदिङरवा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक घर निर्माण गरिएको छ । तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको सुविधाका लागि सिदिङरवा गाउँपालिकाले पर्यटक आवास घर निर्माण गरेको हो ।
पाँचथर र भारतको सिक्किमसँग सिमाना जोडिएको सिदिङरवा गाउँपालिका–१, कालीखोलामा रहेको तिम्बुङ पोखरी नेपालको एक सय पर्यटकीय गन्तव्यमा
सूचीकृत क्षेत्र हो ।