राष्ट्रिय सभामा उत्पत्तिभएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ प्रतिनिधिसभा बैठमा टेबल भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सभामुख अग्निप्रसाद सापकोटाको आग्रहमा शुक्रबारको बैठकमा सो विधेयक टेबुल गर्नुभएको हो ।
यसअघि सो विधेयकबारे राष्ट्रिय सभा बैठकमा छलफल भएको थियो । बैठकमा सांसदहरुले विभिन्न विषयमा आफ्नो धारणा राख्नुभएको छ । संसद बैठकको शुन्य समयम
पूर्व अर्थमन्त्री तथा नेकपा ९एमाले० का सांसद विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले यसअघिको सरकारले ल्याएको सामाजिक सुरक्षा भत्ता व्यवस्थाबारेमा जिज्ञासा गर्नुभएको छ । प्रतिस्थापन विधेयक ल्याएर नयाँ बाजेट ल्याउने तयारी सरकारले गरेको भन्दै उहाँले सोबारे जिज्ञासा गर्नुभएको हो ।