‘‘यो बर्खामा बालुवामुनि पुरिएको घर कसरी खोज्न सकिएला र ? सम्भव नदेखेर डेरा खोज्न थालेका हौँ,’’ मेलम्ची नगरपालिका–११ का स्थानीय ठाकुरप्रसाद रिजाल भन्नुहुन्छ । असार १ गतेको बाढीले आफ्नो तीनतले घर पुरेपछि विद्यालयमा बस्नुभएका रिजाल अहिले मेलम्चीमै सुरक्षित ठाउँमा कोठा खोज्न थाल्नुभएको छ ।