आर्थिक वर्ष २०७८/०७९ को बजेटसँगै नेपाल सरकारबाट सञ्चालित सार्वजनिक संस्थानहरूको फेहरिस्त झल्काउने पहेँलो किताबसमेत सार्वजनिक भयो । मुलुकको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान गर्ने संस्थानहरूको प्रगतिको बारेमा समीक्षा संलग्न भएको यो किताबले त्यति महत्त्व र चर्चा पाएन ।