गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार पोखराका खोप केन्द्रहरुमा अनुगमन गरेका छन् । कोरोना विरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भिडभाड बढेको, घन्टौंसम्म लाइनमा बस्नु परेकोलगायत गुनासो आएपछि मुख्यमन्त्री पोखरेलले आकस्मिक रुपमा अनुगमन गरेका हुन् । मुख्यमन्त्री पोखरेलले पोखराको वडा नम्बर ७ को रत्नचोकस्थित खोपकेन्द्र, वडा नम्बर ८ को सहरी स्वा