गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलन काठमाडौँमा हुने भएको छ । सम्मेलन आउँदो कात्तिक ६ गतेदेखि ८ गतेसम्म राजधानी काठमाडौँमा हुने भएको हो ।
सम्मेलनका लागि प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा २० सदस्यीय उच्च स्तरीय आयोजक समिति गठन भएको परराष्ट्र मन्त्रालयले शुक्रबार जनाएको छ । सम्मेलनलाई भव्य र सभ्य तरिकाले सु–सम्पन्न गर्न गठन गरिए�