कोरोना (कोभिड– १९) का सङ्क्रमितहरूको उपचारलाई आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण सामग्री नै अक्सिजन हो । अक्सिजनको यो अभावलाई पूरा गर्न राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले तरल अक्सिजन ट्याङ्क जडान सञ्चालनमा ल्याएको छ । सो ट्याङ्क २० हजार लिटर क्षमताको रहेको छ र यसले अस्पतालले भोग्नु परेको चरम अक्सिजन अभावलाई पूरा गरेको छ ।