निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को संशोधित नियमावली अनुसार अनुसूची भर्न आग्रह गरेको छ ।
बुधबार नेपाल समूहले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रित) दल दर्ताका लागि आयोगमा निवेदन दिनुभएको थियो ।