निर्वाचन आयोगले बुधबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई दलको मान्यता दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ५५ केन्द्रीय सदस्य र ३० सङ्घीय सांसद दल विभाजनको पक्षमा उभिएपछि माधवकुमार नेपालको अध्यक्षतामा नेकपा(एकीकृत समाजवादी) गठन भएको हो । जनता समाजवादी पार्टी(जसपा) नेपालका १६ केन्द्रीय कार्यकारिणी सदस्य र १४ जना
बुधबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न बनेको अध्यादेश, २०७८ जारी भयो । अध्यादेशले दल विभाजनको प्रावधानलाई खुकुलो बनाउँदै केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यबाट नयाँ दल दर्ता गर्न पाउने सुविधा दिएको छ । अध्यादेश जारी हुनासाथ बुधबार नै दुईवटा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भइसकेका छन् ।