अध्यक्ष केपी ओलीसँगको टकरावपछि घोषितरुपमै विपक्षी गठबन्धनमा उभिएको एमालेको खनाल–नेपाल समुह प्रदेशस्तरमा भने अचानक ओली समुहसँग नजिकिन पुगेको छ । केन्द्रमा ओलीविरुद्ध विपक्षी गठबन्धनमा रहेर मोर्चाबन्दी कसेको यो समुहले गण्डकी, प्रदेश १ र वागमती प्रदेशमा ओलीसँग नजिकिँदै सहकार्य गर्न पुगेपछि धेरैले आश्चर्य व्यक्त गर्न थाले.