comparemela.com


रघुनाथ बजगाईं
२०७८ असार २९ गते ९:०७ मा प्रकाशित प्रतिक्रिया
२९ असार, काठमाडौं । सर्वोच्च अदालतबाट सोमबार विघटित प्रतिनिधिसभा पुनस्थापना भएको छ । सर्वोच्चले परमादेश जारी गर्दै आज साँझसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिएको छ ।
योसँगै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्पत गरेका विवादित संवैधानिक नियुक्तिको भविष्य के हुन्छ ? भन्ने प्रश्न उठेको छ ।
प्रधानमन्त्री ओलीले ३० मंसिर २०७७ मा अध्यादेश ल्याएर आफूखुसी संवैधानिक नियुक्तिको प्रक्रिया सुरु गरेका थिए । संवैधानिक परिषदका अध्यक्षसहित तीन जना भए संवैधानिक परिषदको बैठक बस्न सक्ने व्यवस्था गरियो । लगत्तै संवैधानिक निकायहरुमा ठूलो संख्यामा नियुक्ती गरियो । सो नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।
सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक नियुक्तिविरुद्ध मुद्दा लिएर सर्वोच्चमा गएका छन् । सभामुखकै रिट सर्वोच्चको प्राथमिकतामा परेको थिएन र हालसम्म सुनुवाइ सुरु हुन सकेकै छैन ।
उक्त अध्यादेश अनुसार ३० मंसिर २०७७ मा बसेको परिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत संवैधानिक निकायमा तीन दर्जनभन्दा बढी पदाधिकारी नियुक्तिको सिफारिश गरिएको थियो । त्यसबेला सिफारिशमा परेका व्यक्तिहरूले संसदीय सुनुवाइ विनै नियुक्ति पाएर हाल पदमा छन् । (त्यसबेला केहीले सिफारिश अस्वीकार समेत गरेका थिए ।)
प्रधानमन्त्री ओलीले २०७८ बैशाख २१ गते सोही प्रकृतिको अध्यादेश पुनः ल्याए । पहिलो अध्यादेशको विरोध भइरहेका बेला दोस्रो पटक अध्यादेश ल्याएर विवादित नियुक्तिलाई निरन्तरता दिएका थिए ।
दोस्रो अध्यादेश अनुसार वैशाख २६ गते संवैधानिक परिषदको बैठक बस्यो र तीन जनाकै उपस्थितिमा लोक सेवा आयोग लगायत विभिन्न संवैधानिक निकायमा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिश गर्‍यो । उनीहरुले पनि संसदीय सुनुवाइविनै ४५ दिन कटेपछि राष्ट्रपतिबाट शपथ लिए ।
के छ संवैधानिक व्यवस्था ?
संविधानले संवैधानिक नियुक्ति सिफारिश गर्ने संवैधानिक परिषदमा राज्यको उपस्थिति खोजेको छ । र संसदीय सुनुवाइविना संवैधानिक नियुक्तिको कल्पना गरेको छैन ।
संविधानको धारा २८४ मा संवैधानिक परिषद् र धारा २९२ मा नियुक्तिपूर्व संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।
संविधानका व्यवस्थाहरु हेर्दा दुवैपटक गरिएका नियुक्तिहरू शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशहरु नै विवादास्पद छन्
धारा २८४ मा मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारीको नियुक्तिको सिफारिस गर्न एक संवैधानिक परिषद रहने व्यवस्था छ ।
प्रधानमन्त्री अध्यक्ष रहेको परिषदमा प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता, प्रतिनिधि सभाको उपसभामुख सदस्य छन् ।
संवैधानिक निकायमा कार्यकारीको छाया नपरोस् र संवैधानिक निकायका पदाधिकारीहरूले स्वतन्त्र, निष्पक्ष र तटस्थ रूपमा निर्भीक भएर कार्यसम्पादन गर्न सकुन् भनेर नै यो प्रावधान राखिएको हो ।
प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा नेपाल सरकारको कानून तथा न्याय मन्त्री सदस्यको रूपमा रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिवले संवैधानिक परिषदको सचिव भई काम गर्ने भनिएको छ ।
संविधानका यी व्यवस्थाहरु हेर्दा प्रधानमन्त्री ओलीले दुवैपटक गरेका नियुक्तिहरू शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशहरु नै विवादास्पद छन् ।
यस्तै, धारा २९२ मा नियुक्ति पूर्व संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ । यसका लागि संघीय संसद्का दुवै सदनका सदस्यहरु रहने गरी १५ सदस्यीय संयुक्त समिति गठन गर्ने व्यवस्था छ । समितिमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलको प्रतिनिधित्व हुने गरी प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट तीनजना सदस्यको सहभागिता हुने प्रावधान छ ।
संसदीय सुुनुवाइलाई थप व्यवस्थित र प्रभावकारी बनाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०७५ समेत लागू गरिएको छ ।
सुनुवाइ समितिले प्राप्त भएको नामावलीमाथि ४५ दिनभित्र सुनुवाइ गरिसक्नुपर्ने तथा सो अवधिभित्र सुनुवाइ हुन नसकेमा नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था गरिएको छ ।
समितिको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट प्रस्तावित नाम अस्वीकृत नभएमा प्रस्तावित नाम अनुमोदन भएको मानिने व्यवस्था गरिएको छ ।
तर, संसदीय सुनुवाइ नहुँदा एकातिर सार्वभौम संसद्को विशेषाधिकार हनन भएको छ भने नागरिकहरु उजुरी गर्न पाउने अधिकारबाट बञ्चित भएका छन् ।
पहिलोपटक सभामुखले सुनुवाइका लागि आएको सिफारिस फिर्ता गरेका थिए । उक्त सिफारिस फिर्ताले कुनै परिणाम दिन सकेन । दोस्रो पटक सभामुखले सिफारिस फिर्ता गरेनन् ।
अर्कोतर्फ, संसदीय सुनुवाइ नभई भएको नियुक्तिको सम्बन्धमा कुनै नजिर कायम भएको छैन । सर्वोच्चले यसमा व्याख्या गर्नै बाँकी छ ।
सच्याउने कसरी ? आँखा सर्वोच्चतिरै
संवैधानिक परिषदमा संसदको अर्थपूर्ण उपस्थिति छ । सभामुख, उपसभामुख र राष्ट्रिय सभाका अध्यक्ष संवैधानिक परिषद्का सदस्य छन् ।
संवैधानिक निकायका पदाधिकारीहरूलाई संविधानको धारा १०१, १३३ (१) र (२), १३७ (३) बमोजिम मात्र हटाउन सकिन्छ ।
राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, ६५ वर्ष उमेर पूरा भएमा, मृत्यु भएमा तथा शारीरिक वा मानसिक अस्वस्थताको कारणले सेवामा रही कार्यसम्पादन गर्न असमर्थ रहेको भनी संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा र तोकिएको कार्यकाल पूरा भएमा पद रिक्त हुने संवैधानिक व्यवस्था छ । यो बाहेक अर्को बाटो महाभियोग र सर्वोच्चको फैसला मात्रै हो ।
संविधानको धारा १०१ (२) मा कस्तो अवस्थामा महाभियोग लगाउन सकिन्छ भन्ने व्यवस्था छ, जहाँ भनिएको छ, संविधान र कानुनको गम्भीर उल्लंघन गरेमा, कार्यक्षमताको अभाव भएमा, खराब आचरण भएमा, इमानदारीपूर्वक पदीय कर्तव्यको पालना नगरेकोमा र आचारसंहिताको गम्भीर उल्लंघन गरेमा ।
मंसिर ३० र बैशाख २१ गते नियुक्त भएका संवैधानिक निकायका पदाधिकारीहरु हटाउन संविधानका यी आधारहरु पूरा गरेको हुनुपर्छ ।
अर्कोतर्फ, उनीहरूको नियुक्तिको विषय अदालतमा विचाराधीन छ । त्यसकारण यतिबेला सबैको आँखा सर्वोच्च अदालतलतिरै छ र अब यसको व्याख्या सर्वोच्चबाटै हुनुपर्ने छ ।
अध्यादेश अनुसार बसेको दुवैपटकका संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सहभागिता छ । कतिपयले यही कारण सर्वोच्चमा परेको संवैधानिक परिषद सम्बन्धी रिट अगाडि बढ्न नसकिरहेको टिप्पणी पनि गर्ने गरेका छन् ।
परिषद बैठकमा प्रधानन्यायाधीशको उपस्थिति संविधानत अनिवार्य हो । तर, त्यससँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा चाहिं उनले किन राखेनन् भन्ने गम्भीर प्रश्नको भने निरुपण हुन सकेको छैन ।
यदि पहिलो पटक नै आएको संवैधानिक नियुक्तिविरुद्धको अध्यादेशविरुद्धको मुद्दामा सर्वोच्चले व्याख्या गरेको थियो भने दोस्रो पटक अध्यादेश आउन सक्ने थिएन । वा प्रधानमन्त्रीले झैँ अध्यादेश ल्याएर संवैधािनक नियुक्ति गर्न पाइन्छ भनी सर्वोच्चले व्याख्या गरेको भए त्यसले कानुनी रुप लिन सक्थ्यो । तर, यसमा प्रधानन्यायाधीश मौन छन् । मुद्दा अगाडि बढाएका छैनन् ।
संवैधानिक परिषद सम्बन्धी अध्यादेश र नियुक्तिको टाइमलाइन
२०७७ मंसिर ३० गते संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी ।
२०७७ मंसिर ३० गते परिषदको बैठक र विभिन्न संवैधानिक निकायमा ४५ जनाको नाम सिफारिस ।
२०७७ पुस १ गते अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा अधिवक्ता ओमप्रकाश अर्यालद्वारा रिट दायर ।
२०७७ पुस १ गते अध्यादेश खारेजीको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा रिट दायर ।
२०७७ पुस ५ गते (प्रतिनिधिसभा विघटन गरिसकेपछि) अध्यादेश बमोजिम भएका नियुक्तिहरुको सुनुवाइका लागि संवैधानिक परिषदबाट भएको सिफारिस पत्र संसदीय सुनुवाइ समितिमा ।
२०७७ पुस ९ गते सर्वोच्च प्रशासनद्वारा अध्यादेशविरुद्ध दायर अधिवक्ता अर्याल र बरिष्ठ अधिवक्ता त्रिपाठीसहितका ६ वटा रिट दर्ता ।
२०७७ माघ १९ गते सभामुखद्धारा सुनुवाइका लागि संसदमा पुगेको संवैधानिक परिषद्को नियुक्तिको सिफारिस पत्र फिर्ता ।
२०७७ माघ २१ गते अध्यादेश बमोजिम नियुक्त भएकाहरुको राष्ट्रपतिद्वारा सपथ । सिफारिसमा परेका ४५ मध्ये ३२ जनाको मात्रै लिए सपथ बाँकीले गरे अस्विकार ।
२०७७ माघ २३ गते सभामुख अग्निप्रसाद सापकोटाद्वारा संवैधानिक नियुक्तिविरुद्ध राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित ३९ जनालाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर ।
२०७७ फागुन २३ गते अध्यादेश पुनस्थापित प्रतिनिधिसभामा पेश । (संसदबाट पास वा फेल केही पनि हुन सकेन ।)
२०७८ बैशाख २१ गते पुनः संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी ।
वैशाख २६ गते संवैधानिक परिषदको बैठक बसेर अध्यादेश अनुसार लोक सेवा आयोगलगायत विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्ति सिफारिश ।
२०७८ जेठ ३० गते कानुन व्यावसायीहरुद्वारा संवैधानिक परिषद्को नयाँ सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर ।

Related Keywords

Nepal ,Kathmandu ,Bagmati ,United States , ,Public Service Commission ,Sovereign Parliament ,Cj Office ,National Human Rights Commission ,Justice Council ,United States Committee ,Or Commission ,Public Service ,Nccs Parliament ,Court Monday ,Representatives The ,Sher Bahadur Deuba Prime Minister ,Prime Minister ,Prime Minister Oli December ,Issue Failed ,Speaker Sapkota ,Prime Minister Oli April ,Constitution Current ,Court Chief ,Justice Minister ,Prime Minister Oli ,Committee Federal ,Chief Shamsher ,Council New ,நேபால் ,கட்மாண்டு ,பாக்மாடி ,ஒன்றுபட்டது மாநிலங்களில் ,பொது சேவை தரகு ,இறையாண்மை பாராளுமன்றம் ,தேசிய மனிதன் உரிமைகள் தரகு ,நீதி சபை ,ஒன்றுபட்டது மாநிலங்களில் குழு ,ர் தரகு ,பொது சேவை ,நீதிமன்றம் திங்கட்கிழமை ,பிரதிநிதிகள் தி ,ப்ரைம் அமைச்சர் ,நீதிமன்றம் தலைமை ,நீதி அமைச்சர் ,ப்ரைம் அமைச்சர் ஒளி ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.