comparemela.com


रोयल आचार्य
२०७८ असार २२ गते ५:५० मा प्रकाशित प्रतिक्रिया
२२ असार, काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ । सरोकारवालाहरूले आ–आफ्ना सुझावहरू पनि दिइरहेका छन् ।
अहिले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरू आफ्नो पुँजी वृद्धिको पक्षमा देखिएका छन् भने वाणिज्य बैंकहरूले यस विषयमा मुख खोलेका छैनन् ।
राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले पनि सेयर बजारमा ठूलो महत्व राख्ने भएकाले यस क्षेत्रका सरोकारवालाहरूले निकै चासोका साथ हेरेका छन् । अहिले सेयर लगानीकर्ताहरू भने ‘सफ्ट पोलिसी’को अपेक्षा गरिरहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।
‘अहिले बजारमा एक किसिमको त्रास देखिएको छ, नवप्रवेशीहरू आत्तिएका छन्,’ अध्यक्ष रौनियारले भने, ‘यस्तो बेलामा आउने नीतिहरू अलि सहज किसिमको हुनुपर्छ, भइरहेको सुविधा घटाउनु हुन्न बरु केही नयाँ सकारात्मक असर पर्ने नीतिहरू थपिनु आवश्यक छ ।’
पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड हो । बोर्डले पनि आगामी आर्थिक वर्षका लागि कस्तो नीति चाहिन्छ भनेर पुँजी बजारको विषयमा छुट्टै नीति बनाउने गरेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाका अनुसार बोर्डले अहिले आगामी नीतिको तयारी गरिरहेको छ । सुझाव संकलन भइरहेको र चाँडै नीति सार्वजनिक गरिने उनले बताए ।
राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले पनि सेयर बजारमा ठूलो महत्व राख्ने भएकाले यस क्षेत्रका सरोकारवालाहरूले निकै चासोका साथ हेरेका छन् । अहिले सेयर लगानीकर्ताहरू भने ‘सफ्ट पोलिसी’को अपेक्षा गरिरहेका छन्
अझ पुँजी बजार क्षेत्रका लागि आगामी चार वर्षमा केके गर्न सकिन्छ भनेर पनि योजना बनाएको अध्यक्ष ढुंगाना बताउँछन् । यसले पनि पुँजी बजारमा निकै ठूलो अर्थ लाग्छ । धितोपत्र बोर्डले १ असारमा ५१ वटा कम्पनीको नामै तोकेर लगानीका लागि जोखिमयुक्त कम्पनी भएको बताएको थियो । ३ हजार माथि पुगेको नेप्से परिसूचक बोर्डको यो कदमपछि अहिले २८ देखि १९ सयको बीचमा छ ।
बोर्डको कदममात्रै होइन मौद्रिक नीतिले सेयर बजार घटबढ हुन महत्वपूर्ण भूमिका खेल्छ । यसकारण अबको मौद्रिक नीतिले केही सहज बनाउने अपेक्षा गरिएको फोरम अध्यक्ष रौनियार बताउँछन् । अहिले सेयर धितोमा लगानी हुने मार्जिन लेण्डिङ ७० प्रतिशत छ । यसलाई यथावत राख्नुपर्ने आफ्नो माग रहेको उनले बताए ।
राष्ट्र बैंकले सेयर धितोमा कर्जा दिँदा १८० दिनको मूल्य गणना गरी औसत निकाल्नुपर्ने व्यवस्था गरेको छ । यसलाई भने घटाउनुपर्ने अध्यक्ष रौनियारले बताए । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले पुँजी वृद्धिको माग गरेको भन्दै यसलाई पनि राष्ट्र बैंकले सकारात्मक लिनुपर्ने उनको भनाइ छ ।
‘हकप्रद जारी गर्न दिनुपर्ने भन्दै माइक्रोफाइनान्स एसोसिएसनले दिएको सुझाव पनि राम्रो छ, बैंकको पनि पुँजी वृद्धि गरी मर्जर तथा एक्विजिशनमा जानु राम्रो हो,’ उनले भने । पुँजी थोरै भएका कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने अवसर दिनु राम्रो हुने उनले बताए ।
सेयर लगानीकर्ता दुर्गा तिवारी लघुवित्त वित्तीय संस्थालाई पुँजी वृद्धि हुने नीति लिनु राम्रो हुने बताउँछिन् । बजार निकै असहज अवस्थामा देखिएकाले आगामी मौद्रिक नीति पुँजी बजार र लगानीकर्तामैत्री हुनुपर्ने उनको माग छ ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि पछिले समय बजारमा एक किसिमको त्रास देखिएको र त्यसलाई हटाउने गरी मौद्रिक नीतिले व्यवस्था गर्नुपर्ने बताउँछिन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट मुलतः ६ वटा विषयहरू लगानीकर्ताले अपेक्षा गरेको उनले सुनाइन् ।
पहिलो– मार्जिन ल्याण्डिगको सीमा यथावत राखिनुपर्छ, दोस्रो– बैंक तथा बित्तीय संस्थालाई एक आपसमा गाभिन प्रेरित गरिनु पर्छ र तेस्रो– बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्न प्रोत्साहन स्वरुप बोनस सेयरमा जोड दिनुपर्ने संघको अपेक्षा छ ।
यसैगरी मार्जिन कर्जातर्फको ब्याज बुझाउने सीमा आगामी ०७८ पुस मसान्तसम्म थप गरिनुपर्ने, मार्जिन कर्जातर्फको ब्याज नबढाइ यथावत राख्नुपर्ने साथै बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिनु मौद्रिक नीतिले केही व्यवस्था गनुपर्ने अध्यक्ष पोखरेलले बताइन् । यी व्यवस्थाहरू मौद्रिक नीतिमा समावेश हुने हो भने बजारले राम्रो गति लिने र अर्थतन्त्रलाई पनि यसले राम्रो फाइदा पुग्ने उनले बताइन् ।
मर्चेन्ट बैंकरका माग
धितोपत्र निष्काशन तथा बिक्री वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पूर्ण काम गर्ने मर्चेन्ट बैंकरहरूका आफ्नै माग छन् । धितोपत्र बोर्डबाट अनुमति पाएका र पुँजी बजारसँग सम्बन्धित कामहरू मात्रै गर्ने भएका कारण मर्चेन्ट बैंकहरूले बैंकिङ क्षेत्र जसरी राष्ट्र बैंकहरूलाई सुझाव दिएका छैनन् ।
‘हाम्रो नियामक निकाय धितोपत्र बोर्ड हो, बोर्डले बनाउने नीति नै हाम्रा लागि महत्वपूर्ण हुन्छन्,’ मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेखबहादुर थापा भन्छन्, ‘तर केही व्यवस्थाहरू मौद्रिक नीतिले गरिदिए राम्रै हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’
अध्यक्ष थापाले आगामी मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूले धितोपत्रमा लगानी गर्दा विभिन्न तोकिएका शर्तहरूको अधिनमा रही धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त ‘पोर्टफोलियो म्यानेजमेन्ट’ सेवाको उपयोग गर्न प्रोत्साहन गर्नुपर्ने बताए ।
उनका अनुसार बैंक तथा वित्तीय संसथहरूले धितोपत्र बोर्डबाट स्वीकृत प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटल फण्डहरूमा गरिने लगानीका सम्बन्धमा स्पष्ट व्यवस्थाहरू गरिनुपर्ने साथै बोर्डबाट स्वीकृत खुलाखुमी म्युचुअल फण्डको इकाइहरूमा लगानी गर्दा सूचीकरण नभए पनि खुद सम्पति मूल्यको आधारमा किनबेच हुने भएकाले सूचीकरण धितोपत्र सहर हुनुपर्ने व्यवस्था गर्नु पर्ने सुझाव एसोसिएसनको छ ।
मर्चेन्ट बैंकहरू बैंक तथा वित्तीय संस्थाहरूको सहायक कम्पनीको रुपमा रहेर काम गरिरहेका संस्था हुन् । यी संस्थाले सेयर निष्काशन व्यवस्थापन, सेयर रजिष्टर, अन्डरराइटिङ र लगानी व्यवस्थापन लगायतको काम गर्ने गरेका छन् ।

Related Keywords

Kathmandu ,Bagmati ,Nepal ,Dhungana States ,Radha Pokharel ,Development Bank ,Financial His ,Market Region ,Company The ,Saying Association ,Nepal Market ,கட்மாண்டு ,பாக்மாடி ,நேபால் ,ராதா போகரேல் ,வளர்ச்சி வங்கி ,சந்தை பகுதி ,நிறுவனம் தி ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.