वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णाली प्रदेश ज्यादै कमजोर र प्रदेश १ र २ सशक्त देखिएका छन् । प्रदेशगत आधारमा वैदेशिक रोजगारीबारे गरिएको एक अध्ययनअनुसार नेपालको कुल वैदेशिक रोजगारीमा सुदूपश्चिमको प्रतिशत २.६ प्रतिशत र कर्णालीको ३.२ प्रतिशत रहेको छ । प्रदेश १ र प्रदेश २ बाट भने क्रमशः २४.४ प्रतिशत र २४.२ प्रतिशत रहेको छ ।