comparemela.com

अघिल्लो आर्थिक वर्षमा ऋणात्मक आर्थिक वृद्धिमा खुम्चिएको मुलुकी अर्थतन्त्र विस्तारै सुधारको दिशातिर जाने सङ्केत देखिन थालेको छ । डेढ वर्षअघिको कोरोना (कोभिड–१९)का कारण गरिएको बन्दाबन्दीसँगै अर्थतन्त्र पूर्णतया बिरामी परेको भनियो । तथापि कोरोना सुरुअघि नै अर्थतन्त्रमा खासै उत्साह थिएन । पुँजीगत खर्च सुक्दै गएको थियो भने साधारण खर्चले नेटो काट्दै थियो । लगानीमा नयाँ आयाम थपिएको थिएन । सत्तारुढ दलबीच विवादको भुमरीले अर्थतन्त्रलपाई पूरै प्रभावित पारेको थियो । त्यस्तैमा विश्वभर आएको कोरोना महामारीले २०७६ सालको चैत ११ पछि त देश बन्दाबन्दीमै गयो । आर्थिक वर्षको पछिल्लो तीन चार महिनाको बन्दाबन्दीले यातायात, उद्योग र पर्यटन क्षेत्र थला परे । फलस्वरूप त्यो आर्थिक वर्ष नै अर्थतन्त्र ओरालो लाग्यो र अर्को वर्ष पनि खासै उत्साहजनक हुन सकेन ।

Related Keywords

Kirtipur ,Nepal General ,Nepal , ,Asian Development ,Create The ,கீர்த்திப்புற் ,நேபால் ,ஆசிய வளர்ச்சி ,உருவாக்கு தி ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.