comparemela.com

हिमाली जिल्ला हुम्लामा बोटमा लागेका स्याउ पाक्नै लागेका छन् । स्याउ पाक्न लागेपछि किसानमा भने खुसीयाली छाउन थालेको छ । जति फल्नु पर्ने हो त्यति फल्न नसके पनि बोटमा लागेका स्याउ फल्न लागेपछि ८० वटा बोट लगाउनु भएकी शान्ति बोहराले खुसी व्यक्त गर्नुभयो । उहाँको स्याउ फारममा आधा बोट फेका छन् भने आधा बोटमा थोरै मात्र दाना लागेका छन् । बोटमा जति लागेका छन्, ती सबै स्याउका दाना पाक्ने बेला हुन लागेको छ ।

पूर्णरूपमा पाकेपछि उहाँले बिक्री गर्ने सोचाई उहाँले बनाई सक्नु भएको छ । प्रति दाना दश रुपियाँमा बिक्री हुने स्याउबाट अब कमाई सुरु हुने उहाँले बताउनुभयो । अहिले उहाँको दैनिक स्याउ फारमै हुने गरेको छ । पचास भन्दा बढी बोट लगाउने किसान हुम्लामा एक सय जना भन्दा बढी रहेको बिबरण कृषि विकास कार्यालयसँग रहेको छ । राम्रोसँग लटरम्म फल्ने समस्या भने सबैको बोहराको जस्तै छ । समग्रमा जिल्ला भरि स्याउ उत्पादन भने घट्ने देखिएको छ ।

Related Keywords

Rajan Humla ,Development Office ,Mountain District ,Apple Thrive ,His Apple ,வளர்ச்சி அலுவலகம் ,மலை மாவட்டம் ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.