नेपाली समाजमा केही वर्षयता जघन्य अपराधका घटनामा थरीथरीका प्रवृत्ति देखापर्न थालेका छन् । यस प्रकारका अपराधका घटनाको पछिल्लो उदाहरण सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङस्थित खोलागाउँमा गत भदौ २१ गते भएको जघन्य घटना भएको छ । आफ्ना नजिकका ठूलाबुबा नाता पर्नेले गालीगलौज गर्ने, हेप्ने गरेको भन्दै परिवारका छ जना सदस्यको हत्या गरेको प्रहरी अनुसन्धानले बाहिर ल्याएको छ । घटनामा संलग्न अभियुक्त लोकबहादुर कार्की २६ वर्षीय लक्का जवान हुन् । उनले आफ्नै ठूलाबुबा नाता पर्ने तेजबहादुर कार्कीलाई एकाबिहानै पाँचै बजेको हाराहारीमा मारे । तेजबहादुर कृषि श्रमिक (खेताला) खोज्न गाउँतिर हिँडेका बेला त्यस्तो जघन्य अपराध गरे । उक्त घटना देख्ने कसैलाई पनि उनले बाँकी छोडेनन् । त्यस परिवारका छ जनालाई नै क्रूरतापूर्वक मारे । मारिनेमा ८४ वर्षीया वृद्धादेखि सात वर्षीया बालिकासम्म परे । आ