नेपालका अधिकांश पर्यटकीय पूर्वाधार अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयोग्य नरहेको पाइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँगको सहकार्यमा गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।