नेपाली बजारमा नक्कली नोटको सञ्जाल बढ्दै गएको पाइएको छ । प्रहरीले पाँच वर्षको अवधिमा तीन करोड ३१ लाख रुपियाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा दुई करोड ६४ लाख ८८ हजार ६७० रुपियाँ बराबरको नक्कली नोट बरामद भएपछि यस्ता नोटका कारोबारीविरुद्ध प्रहरीले आक्रामक अभियान थालेको थियो । सो वर्षमा ३७ जना कारोबारी पक्राउ परेका थिए । तीमध्ये आठ जना विदेशी नागरिक थिए । प्रहरीले त्यस वर्ष २१ वटा मुद्दा दायर गरेको थियो ।