नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार क्षेत्रको अहिलेसम्मकै ठूलो कारबाही गरेको छ । ग्राहकको मन्जुरी नलिई गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सर्भिस
(भ्यास) आफैँ नवीकरण (अटो रिन्यु) गरेर ग्राहकबाट रकम लिएको भन्दै प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेललाई एक अर्ब ११ करोड २९ लाख रुपियाँ क्षतिपूर्ति भराउने निर्णय गरेको हो । साउन ३२ गते बसेको प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस्तै एपको स्वतः नवीकरण हुँदा प्रयोगकर्ताले थाहै नपाई ब्यालेन्स घट्ने समस्या रहेको पाइयो ।”