चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी महँगो भएको छ । सरकारको स्वीकृतिमा साल्ट्र ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७७/७८ मा भन्सार छुुटमा ल्याएको चिनीको मौज्दात सकिन थालेसँगै बजारमा चिनी महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो १५/२० दिनयता चिनीको प्रतिकेजी खुद्रा मूल्य ९० देखि ९५ रुपियाँ रहेको छ ।