comparemela.com

मण्डनदेउपुर नगरपालिका–१ नगरकोटस्थित हलेदेमा बँदेलले यो हप्ता सयौँ रोपनी जमिनको मकै खाँदै फाँडेर सखाप पारेको छ ।

बँदेलबाट अन्नबाली जोगाउन रातभरी आलोपालो कुरुवा बस्नुपरेको स्थानीयवासीले बताएका छन् । बँदेलको आतङ्कले गाउँलेसमेत डराउन थालेको स्थानीयवासी दीपक बस्ताकोटीले बताउनुभयो । “अन्नबाली मात्र होइन, मानिससमेत डराउनुपर्ने अवस्था सिर्जना भएको छ” उहाँले भन्नुभयो । विशेषगरी राति समूह समूहमा आएका बँदेलले हाल छिप्पिन थालेको मकैबाली सखाप पारेका छन् ।

स्थानीयवासीको निवेदनपछि वडाध्यक्ष लक्ष्मणप्रसाद बस्ताकोटीले नगरपालिकामा बँदेल नियन्त्रणबारे समाधान खोजिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरसँगै जिल्ला प्रशासन र वन कार्यालयमासमेत जानकारी गराएको छु ।” उहाँका अनुसार स्थानीयवासीलाई क्षतिपूर्ति दिनेबारे अनुसन्धान भइरहेको र वन्यजन्तु आतङ्कको समाधानबारे छलफल भइरहेको छ । नगर उपप्रमुख निर्मला शाहीले वन्यजन्तु आतङ्कको स्थायी समाधानको उपाय खोजिने बताउनुभयो ।

Related Keywords

Dhulikhel ,Nepal General ,Nepal ,Jumla ,Banepa ,Parajuli Falconiformes ,Division Forest Office Pokharel District ,Division Forest Office ,Wildlife For Office ,Prince Parajuli Falconiformes ,Create The ,Nirmala Shahi Wildlife ,Village Monkey ,Gokul Forest ,Village Rameshwar ,Field Radio ,நேபால் ,ஜும்லா ,பிரிவு காடு அலுவலகம் ,உருவாக்கு தி ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.