शेयर गर्नुहोस:
जानु पाण्डे
कपिलवस्तु, साउन ९ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० चेतरादेइमा नदीमा डुबेर १२ वर्षका किशोरको मृत्यु भएको छ । साउन ७ गते भँैसी चराउन निस्किएका स्थानीय कविराज केवट साँझ बाणगंगा नदीको रामघाट क्षेत्रमा डुबेका थिए । चराउने क्रममा नदीमा भँैसी छिरे पछि केवट नदी भित्र छिरेका थिए ।
नदीको सतह गहिरो भएको कारणले डुबेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो । केवटको शव शुक्रबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले फेला पारेका थिए ।
स्थानीय शिवलाल यादवका अनुसार नदीबाट जथाभाबी बालुवा निकाल्दा सतह गहिरो भएको थियो । बाढी समेत आएको हुँदा पौडी खेल्न नजान्दा डुबेको यादवले बताउनुभयो । जथाभावी बालुवा निकाल्दा नदीको गहिराई बढ्दा बालबालिका डुब्ने जोखिम बढेको छ । नदीमा बेपत्ता भएका केवट स्थानीय कपिलवस्तु राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत रहेका थिए ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्