comparemela.com


सप्तरी कारागार क्षमता भन्दा तीन गुणा कैदीबन्दी
  
शेयर गर्नुहोस:
देवरामप्रसाद यादव
सप्तरी, साउन २ गते । सप्तरी कारागार राजविराजमा क्षमता भन्दा तीन गुणा कैदीबन्दी भरिएपछि कारागारलाई व्यवस्थापन गर्न  कठिनाई भएको छ । १२५ जना क्षमता भएको उक्त कारागारमा हाल १४ महिलासहित ३६८ जना कैदीबन्दी रहेको कारागारका जेलर सुमन कोइरालाले जानकारी दिएका छन् ।
राणाकालमै निर्माण भएको मुलुककै पूरानो मध्येका एक राजविराज कारागारको पूरानो घर जिर्ण हुनुका साथै क्षमता भन्दा धेरै कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनमा कठिनाई थपिँदै गएको उहाँको भनाइ छ ।
दुई साता भित्रै चार/पाँच जनाले कैद भुक्तान गरि रिहा भए लगत्तै २५ जना थपिएको उहाँले जानकारी दिँदै हाल फरार प्रतिवादी पक्राउ गर्ने प्रहरीको अभियानले पनि कारागारमा कोचाकोच भएको बताउनुभयो ।
कारागारमा सबैभन्दा बढी कर्तव्य ज्यान, लागुऔषध, चोरी, जबरजस्ती करणी, ठगी र सार्वजनिक अपराधमा संलग्न भएकाहरु पूर्पक्ष तथा कैद सजाय भोगिरहेका छन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Related Keywords

,Suman Koirala ,Construction The ,Rajbirajd Old ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.