comparemela.com


ग्रिन उद्योगले ल्यायो शेर्पा ब्रान्डको ट्याक्टर टायर
पाँच प्रतिशत आयात प्रतिस्थापन
  
शेयर गर्नुहोस:
नवराज कट्टेल
विराटनगर, असार २६ गते । निजी लगानीमा मोरङको कटहरी गाउँपालिकामा सञ्चालित नेपालकै पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर उद्योगले तीन वर्षमा आयातको ५ प्रतिशत हिस्सा प्रतिस्थापन गरेको छ ।
कोरोनाको कारण लगानी विस्तारमा समस्या परे पनि वार्षिक नौ अर्ब रुपियाँ बराबरको आयातलाई ५ प्रतिशतले प्रतिस्थापन गर्दै आएको कम्पनीले दाबी छ । कम्पनीका निर्देशक विनित सिङ्घानिया नेपालमा खपत हुने टायरको ९९ प्रतिशत हिस्सा आयातबाटै धानिँदै आएकामा अहिले घटेर करिब ९४ प्रतिशतमा सीमित भएको बताउनुहुन्छ । नेपालमा मोटरसाइकलको मात्रै वार्षिक २५ लाख थान टायर खपत हुने गरेको छ ।
विशाल ग्रुप र भारतको फ्युचर टायरको संयुक्त लगानीमा सन् २०१८ जनवरीदेखि कम्पनीले डेल्टा ब्रान्डको उत्पादन बजारमा बिक्री सुरु गरेको थियो । डेल्टापछि शेर्पा ब्रान्डको ट्याक्टरमा प्रयोग हुने टायरको परीक्षण उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । उद्योगले वार्षिक ८० करोड रुपियाँ बराबरको कारोबार गरिरहेको निर्देशक सिङ्घानियाले जानकारी दिनुभयो ।
“नेपालमा टायर उद्योग सुरुवात भएसँगै काँचो रबरको खपत पनि बढेको छ,” निर्देशक सिङ्घानियाले भन्नुभयो, “झापामा उत्पादन भइरहेको रबरलाई हामीले प्रशोधन गरेर प्रयोग सुरु गरेका छौँ । ” करिब ५० करोड रुपियाँको लगानीमा स्थापना गरिएको उद्योगमा पाँच वर्षको अवधिमा दुई अर्ब ५० करोड रुपियाँ पु¥याउने लक्ष्य राखिएको छ ।
यद्यपि कोरना महामारीलगायतका कारण गत तीन वर्षमा लगानी विस्तार गर्न नसकिएको सिङ्घानियाले स्पष्ट पार्नुभयो । आगामी दिनमा स्थिति सहज भए आन्तरिक बजारको खपत बढाउने गरी लगानी बढाउने कम्पनीको योजना छ ।
“पछिल्लो समय चार करोड रुपियाँ लगानी थपेर शेर्पा ब्रान्डको ट्याक्टर टायर उत्पादनपछि परीक्षण गरिरहेका छौँ,” निर्देशक सिङ्घानियाले भन्नुभयो, “देशभरि बिक्री केन्द्रको सङ्ख्या पनि बढाउने योजना छ । ” उहाँका अनुसार आयातित टायरभन्दा नेपालको टायर १५ प्रतिशत कम मूल्यमा बिक्री हुँदै आएको छ ।
उद्योगले मोटरसाइकल, स्कुटी र ई–रिक्साको टायर उत्पादन गर्दै आएको छ । वार्षिक दुई लाख थान टायर उत्पादन गर्ने लक्ष्य पूरा गरिए पनि नयाँ ब्रान्डको टायर उत्पादनका लागि सोचेजस्तो फड्को मार्न नसकिएको उहाँको भनाइ छ । स्थिति सहज भए आगामी वर्षदेखि ट्रक, बस, जिप, लरी र हेभी इक्विपमेन्टको टायर उत्पादनका लागि लगानी विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।
उहाँका अनुसार नेपालमा टायर उत्पादन उद्योगमा लगानी बढाउन सकेमा बजारको अभाव हुँदैन । यहाँको उत्पादन भारतको उत्तर प्रदेश, विहार, पश्चिम बङ्गाल र आसम राज्यमा निर्यात गर्न सकिनेछ । ती राज्यमा भारतको गुजरातबाट टायर आयात गरिँदै आएकाले ढुवानी महँगो भएका कारण नेपालबाट निर्यात हुने टायर सस्तो पर्छ ।
तयारी टायर आयात गर्दा भन्सार महसुल २० प्रतिशत र मूल्य अभिवृद्धि कर लाग्ने गर्दछ तर कच्चा आयात गर्दा भन्सार महसुल १ प्रतिशत मात्रै रहेकाले नेपालमा टायरको उत्पादन लागत पनि कम पर्छ ।
विद्युत्, कच्चा पदार्थ अभाव, दक्ष कामदार तथा मिल मेसिनरीमा समस्या हुँदा मर्मतका लागि आवश्यक जनशक्तिको अभाव खड्किने गरेको सिङ्घानियाले बताउनुभयो । उद्योग स्थापना गर्दा सुरुमा ६५ कामदार रहेको उद्योगमा अहिले प्रत्यक्ष र अप्रत्यक्ष गरेर १५० कामदारले रोजगारी पाएका छन् ।
नेपालका रबर उत्पादक किसानलाई सरकारले प्रोत्साहन गरेमा भारतबाट हुँदै आएका कच्चा पदार्थको आयात पनि घटाउन सकिने निर्देशक सिङ्घानियाको भनाइ छ । उद्योग आफैँले पनि किसानलाई प्रोत्साहन गर्ने योजना बनाएको छ ।
 
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Related Keywords

Nepal ,Jhapa ,Nepal General ,Uttar Pradesh ,India ,Nava Bhogendra Biratnagar ,Company Green ,Moody ,India Future United States ,India Uttar Pradesh ,West Bengal ,Kingdom India ,நேபால் ,ஜாபா ,உத்தர் பிரதேஷ் ,இந்தியா ,மனநிலை ,இந்தியா உத்தர் பிரதேஷ் ,மேற்கு பெங்கல் ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.