comparemela.com


षड्यन्त्रको सिद्धान्त, कोभिड र राजनीति
  
शेयर गर्नुहोस:
प्रदीप्नराज पन्त
षड्यन्त्रको सिद्धान्त (कन्सिपिरेसी थ्यौरी) कुनै नयाँ सिद्धान्त होइन । मानवको अभ्युदयदेखि आजपर्यन्त जहाँतहीँ छ । राजनीतिमा षड्यन्त्रचाहिँ गलत सूचनाका कारणले हुने गर्छ । राजनीतिमा धेरै सूचना गोप्य नै हुन्छन् र मनोविज्ञानअनुसार राजनेताले त्यस्ता सूचनामात्र सार्वजनिक गर्छन्, जसले उनीहरूलाई भयभीत वा चिन्तित गराउँदैन ।
प्रायः षड्यन्त्र गोप्य सरकारी योजना र विस्तृत हत्यासँग सम्बन्धित हुन्छ । षड्यन्त्रलाई ऐतिहासिक वा वैज्ञानिक आधारबाट प्रमाणित गर्न कठिन हुन्छ । यसकारण राजनीतिमा हुने धेरैजसो षड्यन्त्रबाट अपराधीले मुक्ति पाउँछ तर अनुसन्धानबाट केही गम्भीर किसिमका षड्यन्त्र पनि उजागर भएका छन् ।
षड्यन्त्रको शृङ्खला
नेपालमा षड्यन्त्रको शृङ्खला ज्यादै लामो छ । राणा प्रधानमन्त्री मोहनशमसेरले राजा त्रिभुवनको भारत निर्वासनपछि उनका नाति पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजप्रतिनिधि स्थापित गरेका थिए । राणाहरूको योजना सरल थियो तर नेपाली जनता र विश्वका लागि अपमानजनक । उनीहरूले त्रिभुवनलाई फकाएर नेपाल ल्याउने र बन्दी बनाउने वा मार्ने योजनासमेत बनाएका थिए भन्ने गरिन्छ । त्यो एक असफल षड्यन्त्र थियो । यद्यपि, उनका पूर्वज जङ्गबहादुर राणाले कोतपर्वलगायत कैयौँ षड्यन्त्रलाई परिणामसम्म पु¥याए । राणाकालपछिको अन्तरिमकालमा पनि दाजुभाइबीच प्रधानमन्त्री बन्ने होडमा षड्यन्त्र भएको थियो भने २०१७ सालमा राजा महेन्द्रबाट दुईतिहाइको नेपाली काँग्रेसको सरकारलाई षड्यन्त्रमूलक तरिकाले अपदस्थ गरी पञ्चायती व्यवस्था लागू गरे ।
आधुनिक नेपालमा सबैभन्दा बहुचर्चित षड्यन्त्र दरबार हत्याकाण्ड हो । राजा वीरेन्द्रको वंशनाश आधुनिक नेपालको इतिहासमा कहिल्यै बिर्सन नसकिने त्रासदी हो । यसलाई षड्यन्त्रको पराकाष्ठा मान्न नपर्ने कारण केही पनि छैन न यसमा षड्यन्त्रको सिद्धान्त छैन भन्ने आवश्यकता । यो घटनाले संसार आश्चर्य–चकित भयो । दरबार हत्याकाण्डमा पत्याउन मुस्किल के पर्छ भने एउटा बन्दुकधारी अचानक राष्ट्रप्रमुख रहेको कोठामा पस्छ, जसले नेपाली इतिहासको धार नै परिवर्तन गरिदिन्छ ।
यो हत्याकाण्डमा दुईतर्फले बहस हुने गरेको छ । एक पक्ष तत्कालीन युवराज दीपेन्द्रले नै हत्या गरेको भन्छ भने अर्को पक्ष अरू कसैले हत्या गरेको र षड्यन्त्र भएको ठान्छ । पुष्टि हुने वैज्ञानिक तथ्यभन्दा पनि दुवै पक्षले वकिलको जस्तो बहस गर्ने गरेका छन् । हामी सबैलाई थाहा छ– वकिलले सर्वोत्तम तरिकाले आफ्नो पक्षलाई बचाउ गर्छ । जहाँ वैज्ञानिक आधार हुँदैन, त्यसलाई मनोविज्ञानले षड्यन्त्र भन्छ, चाहे प्रत्यक्षले दिएको बयान किन नहोस्, त्यसकोमात्र भर परेर निर्णय लिइन्न । मनोविज्ञानअनुसार हत्यामा वैज्ञानिक आधार हुन्छ र यो हत्याका बारेमा मनोवैज्ञानिक विश्लेषण हुन अझै जरुरी छ । तर, षड्यन्त्र हत्यामात्र होइन, गलत सूचना फैलाएर आफ्नो अभीष्ट पूरा गर्नु पनि षड्यन्त्र हो ।
दुई ठूला कम्युनिस्ट मिलेर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको विखण्डन एउटा आश्चर्यलाग्दो घटना हो । यसले नेपाली राजनीतिमा धेरै प्रश्न उब्जाएको छ । कतै केही अभिजात वर्गका मानिसले आफ्नो राजनीतिक लाभका लागि यो दल विखण्डन गराएका त होइनन् ? अदालतको आदेश जे भए पनि दलका नेताले चाहेको भए दल एकीकृत हुन सक्थ्यो । किनभने अहिले संसारबाटै लुप्त हुन लागेको तर नेपालमा मौलाएको कम्युनिस्टका लागि संसारकै कम्युनिस्ट आन्दोलनलाई नयाँ तरिकाले मार्गदर्शन गर्ने अनुकूल अवसर थियो । दुईतिहाइको नजिक पुगेको सरकारलाई सक्षम शासन गर्ने महŒवपूर्ण अवसर पनि थियो । तर, उनीहरू चुके । यसमा षड्यन्त्रको सिद्धान्त नै प्रमुख कारण हो ।
किन हुन्छ षड्यन्त्र
अर्को दललाई कमजोर बनाउन षड्यन्त्र जुनसुकै दलबाट हुन सक्छ । तर, धरातलीय समर्थन कमजोर भएका राजनीतिक दलहरू ठूला दलहरूबाट बढी नै सशङ्कित हुने गर्छन् । जसले गर्दा उनीहरू षड्यन्त्रप्रति अधिक संवेदनशील हुने गर्छन् । वास्तवमा षड्यन्त्र भनेको गलत सूचना नै हो ।
राजनीतिक अस्थिरता हुँदा षड्यन्त्रले हुर्कने मौका पाउँछ । सत्ताबाट बाहिरिएका मानिस षड्यन्त्रको सिद्धान्तलाई अपनाउँछन् । अहिले नेपालमा सत्ताका लागि सबै पक्षबाट आफूले सक्ने षड्यन्त्र गर्न खोजेको देखिन्छ । बढ्दो भ्रष्टाचार, राजनीतिक प्रक्रियाभन्दा अलग किसिमका विचार आएका छन् । जब जनताले अर्थ व्यवस्था र राजनीतिक प्रक्रियाबाट विश्वासघात महसुस गर्छन्, तब सम्पूर्ण देश नै षड्यन्त्रको चङ्गुलमा फस्न पुग्छ । षड्यन्त्रलाई सम्झाउन मनोविज्ञानको व्यक्तित्व विकासको सिद्धान्तलाई उल्लेख गर्न चाहन्छु ।
प्रारम्भिक मानव सिकारी र सङ्ग्रहकर्ता थिए । उनीहरूको हतियार भने पनि सुरक्षा भने पनि मस्तिष्कमात्रै थियो । यसकारण हामी सबै मानिस प्याटर्न (प्रतिरूप)को उपयोग गर्ने प्राणीका रूपमा विकसित भयौँ र नक्कल गर्ने मानिसको स्वाभाविक प्रक्रिया हुन पुग्यो । ध्यानसँग हेर्नुहोस् हामी सबै नक्कलै गरिरहेका छौँ । प्याटर्नको शाब्दिक अर्थ जे भए पनि प्याटर्नको मतलब मानिसको अर्थपूर्णमात्र होइन, अर्थहीन सूचनामा पनि अर्थ खोज्ने इच्छा र क्षमता हो ।
सुकेको या हरियो स्याउला या घाँस हावाको स्पर्शले सर्सराएको घटना सामान्य हुँदाहँुदै, त्यसले हाम्रो ध्यान तान्छ र कहिलेकाहीँ भयानक दुर्घटनाबाट बचाउँछ । षड्यन्त्र यस्तै हो । हावाले पात हल्लाउनु सामान्य हो तर त्यो पात हल्लिँदाको आवाजले मानिसको चेतनामा परिवर्तन ल्याइदिन्छ । यसकारण मानिस अर्थहीन सामान्य विषयमा पनि अर्थ खोज्ने प्रयास गर्छ र त्यसैलाई आधार बनाएर उसले सिद्धान्त बनाउँछ ।
मानव मस्तिष्कले राजनीतिका बारेमा प्याटर्न बनाउँछ । त्यसैका आधारमा आफ्नो सिद्धान्त बनाउँछ र अर्थहीन विषयमा पनि अर्थ खोज्ने मानवीय स्वभावले षड्यन्त्रको सुरुवात हुन्छ । कम्युनिस्ट पनि एक–अर्कालाई पार्टी फुटाउने दोषारोपण गरेका छन् । मनोविज्ञानअनुसार दोषारोपणमा षड्यन्त्रको केही अंश लुकेको हुन्छ ।
एकचोटि हामी विश्वास बनाउँछौँ या कुनै विषयमा विश्वस्त हुन्छौँ भने त्यो तथ्यको साथ हाम्रो मस्तिष्कलाई परिवर्तन गर्न सकिँदैन । असम्भव होइन तर अति मुस्किल हुन्छ । मानिसले गल्ती भएको थाहा पाउँदासमेत पक्ष–विपक्षमा लागिरहन्छ । यसकारण जतिसुकै चाहेर पनि गुटको आबद्धता र प्रतिबद्धता मेटिँदैन र आफ्नो गुटलाई अगाडि बढाउन षड्यन्त्र चलिरहन्छ । संज्ञानात्मक मनोविज्ञानअनुसार षड्यन्त्रप्रति मानिस ज्यादा संवेदनशील हुन्छन् तर अवसरको उपयोग गरेर षड्यन्त्रलाई निष्फल बनाउन सकिन्छ र राजनीतिमा षड्यन्त्रलाई निष्फल बनाइएको पनि छ ।
उचित मौका
अहिले महामारीलाई समेत राजनीतिकरण गर्ने प्रयास गरिएको छ । महामारीले सरकारको पारदर्शिता र जवाफदेहीतामा पनि अनेका बाधा सिर्जना गरेको छ । महामारीको नाउँमा पैदा भएको गलत सूचनाले, सुशासनको अनुभूति नागरिकले गर्न पाएनन् । महामारीका कारणले विश्वसनीय स्रोत र तथ्य निष्क्रिय बनेका छन् । अहिले कोभिडसम्बन्धी तथ्य सबै जनताले पाएका छन् ? भन्ने प्रश्न उठ्न थालेको छ । सक्रिय सङ्क्रमित र स्वास्थ्य लाभ गरेका मानिसका बारेमा जानकारी भए पनि आईसीयू या भेन्टिलेटरमा कोभिड रोगीको उमेर समूह वा जोखिम प्रोफाइलमाथि कुनै जानकारी प्राप्त हुने गरेको छैन । साँच्चै भन्ने हो भने स्पर्शोन्मुख या पूर्वरोगसूचक रोगीको सङ्ख्याका बारेमा जानकारी दिने सवालमा एउटा रहस्य नै बनेको छ । के कारणले यस्तो भयो ? यसका साथै विभिन्न प्रदेशमा उमेरको हिसाबमा हुने मृत्युका बारेमा कसैलाई कुनै प्रकारको जानकारी छैन । सूचना भएनन् वा यस्ता संवेदनशील सूचना सरोकारवालाले प्राप्त गर्न सकेनन् भने षड्यन्त्रकारीले चलखेल गर्न पाउनेछन् । किनभने यी सूचनाको अभाव भयो भने कोभिडको अर्को लहर (तेस्रो)का लागि भयावह स्थिति सिर्जना हुन्छ, जसले गर्दा केही ‘छट्टु’ले गलत सूचना फैलाएर राजनीतिक अभीष्ट पूरा गर्न सक्नेछन् । सूचनाको अभावमा आउँदा दिनहरूमा घृणाका घटना प्रशस्त देखिन सक्छन्, जसले गर्दा शारीरिक हमला, मौखिक अपमान उत्पीडन, भेदभाव सामान्य हुन सक्छ ।
कोभिडका कारणले राजनीतिक वृत्तमा नै गहिरो प्रभाव देखिन सक्छ र षड्यन्त्रले जन्म लिन सक्छ । यसकारण सरकारले खोप वितरण कार्यक्रमलाई विस्तार गर्नुपर्छ । आर्थिक कार्यक्रमलाई बढावा दिने कार्यक्रम अविलम्ब सञ्चालन गर्नुपर्छ । साधारणतया सरकारसँग केही समयका लागि सूचना लुकाउने अधिकार छ, विशेषगरेर राष्ट्रिय सुरक्षा र रक्षासम्बन्धी क्रियाकलापका लागि तर समयक्रमसँगै सबै सूचना सार्वजनिक हुनुपर्छ । कोभिडको सन्दर्भमा जब सूचना सार्वजनिक हुँदैन तब मानिस यसलाई षड्यन्त्र नै ठान्छन् र शङ्का–उपशङ्का उब्जिन थाल्छ । कोभिडसम्बन्धी सूचना भारतलगायत अन्य देशमा दिइएको छ । सही सूचनाले उपयोगी योजना बनाउन मद्दत गर्छ र सही सूचना प्राप्त हुँदा नागरिकले पनि सरकारलाई सहयोग गर्न सक्छन् । तर, गलत सूचनालाई नियन्त्रण गर्न पनि जरुरी छ ।
गलत सूचना प्रवाह हुनुमा सामाजिक सञ्जालको भूमिका पनि उल्लेखनीय छ । सामाजिक सञ्जालले एल्गोरिद्म (निर्दिष्ट प्रक्रियामा आधारित समस्या र समाधानको प्रयोग) पोस्ट गर्छन् । यस्तो पोस्ट जो शक्तिशाली भावनालाई सार्वजनिक गर्छन् । सकारात्मक वा नकारात्मक सनसनीपूर्ण सूचनाहरू भाइरल हुने सम्भावना अधिक हुन्छ । जसले गर्दा विद्यमान शङ्कालाई थप ऊर्जा प्रदान गर्छ । राजनीतिक विरोधीलाई निन्दा गर्छ र षड्यन्त्रको सिद्धान्तलाई उर्वर बनाउँछ । अहिले नेपाली समाज धुव्रीकरणका साथ पक्ष नियन्त्रणका लागि एकदम अलग–अलग बनेको छ । उनीहरूका लागि विरोधी वा फरक विचारको कुनै मूल्य छैन । अहिले नेपालको राजनीतिमा यस्तै देखिएको छ । तर, महामारीले कम्युनिस्टलाई भने आफ्नो अस्तित्वका लागि लडाइँ लड्नुको साथै जनस्वास्थ्यको खतराको जवाफमा एकता प्रदर्शन गरी सबैखाले षड्यन्त्रलाई असफल बनाउन र कम्युनिस्टको सर्वोच्चता कायम गर्ने सुवर्ण अवसरचाहिँ दिएको छ ।
(
लेखक संयुक्त ƒाष्ट्रसङ†घीय विकास कार्यक्रमअन्तर्गतका विभिन्न परियोजनामा
पूर्वराष्ट्रिय कार्यक्रम प्रबन्धक हुनुहुन्छध्र)
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्

Related Keywords

India ,Nepal ,King Birendra ,Gyanendra Shah , ,Rana Prime Minister King India His ,Powerful Gyanendra Shah ,Prime Minister ,Panchayat Law ,Prince Dipendra ,Well His ,Nepal Communist ,His Political ,New Well ,Social Network ,இந்தியா ,நேபால் ,கிங் பைரேந்திரா ,கியனென்ற ஷா ,ப்ரைம் அமைச்சர் ,ப்ரிந்ஸ் திப்பெந்திர ,நேபால் கம்யூனிஸ்ட் ,அவரது பொலிடிகல் ,புதியது நன்றாக ,சமூக வலைப்பின்னல் ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.