comparemela.com


सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्षको निधन
  
शेयर गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, असार २० गते । सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ ।
लामो समयदेखि बिरामी पर्नुभएका बर्माको उपचारका क्रममा शनिबार राती मेडिसिटी अस्पताल काठमाण्डौंमा निधन भएको हो । रामनगर गाउँपालिका–१, खैर्बा निवासी बर्माको स्वास्थ्यमा समस्या भएपछि असार १४ गते उपचारका लागि काठमाण्डौं जानुभएको थियो ।
६८ वर्षीय बर्मा लामो समयदेखि मुटु, मधुमेह, उच्च रक्तचाप जस्ता रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
बर्माकी श्रीमती सुधा बर्मा समेत बिरामी हुनुहुन्छ । उहाँको मेडिसिटी अस्पतालमै आइसियूमा उपचार भइरहेको नेपाली काँग्रेसका नेता एवं प्रदेश २ का महिला, बा(लबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले गोरखापत्र अनलाईनसँग बताउनुभयो ।
सुधाले एक मात्रै छोरालाई आफ्नो एउटा किड्नी दिनुभएको छ । तीनपटक सम्म साविकको खैर्बा गाविसको अध्यक्ष र अहिले गाउँपालिकाको अध्यक्ष हुनुभएका बर्माको निधनपछि पूरै गाउँपालिका शोकमग्न भएको रामनगर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष एवं बर्माका छिमेकी दिनेश मिश्रले जानकारी दिनुभयो ।
 
यो पनि हेर्नुहोस्

Related Keywords

Myanmar ,Kathmandu ,Bagmati ,Nepal ,Ramnagar ,Nepal General ,Burma ,Virender Prasad Singh ,Krishna Prasad ,Khatri Sarlahi ,Young ,Sarlahi Ramnagar ,Sarlahi South ,Sports Minister Virender Prasad Singh Staff ,Ramnagar Ward ,Dinesh Egypt ,மியான்மர் ,கட்மாண்டு ,பாக்மாடி ,நேபால் ,ராம்நகர் ,பர்மா ,கிருஷ்ணா பிரசாத் ,இளம் ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.