comparemela.com

Card image cap


सौराहामा बाढीको थप पीडा
  
शेयर गर्नुहोस:
वसन्त पराजुली
सौराहा, असार १८ गते । कोरोना कहरले थला परेको पर्यटकीय नगरी सौराहा अहिले डुबानमा परेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले सौराहाका अधिकांश होटल तथा रेस्टुरेन्ट र वरपरका घर डुबानमा पर्दा १० करोड रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको जानकारी दिनुभयो ।
“प्रहरी, प्रशासन र होटल सङ्घले स्थलगत निरीक्षण गरी क्षतिको आकलन गरिरहेको छ,” महासचिव थपलियाले भन्नुभयो, “यकिन तथ्याङ्क आउन अझै केही दिन लाग्नेछ । ” सौराहामा अहिले ११० वटा होटल छन् । राप्ती, बूढी राप्ती, ढुङ्ग्रेलगायतका खोलामा आएको बाढी सौराहामा पसेर ५० भन्दा बढी होटल डुबानमा परी क्षति पु¥याएको महासचिव थपलियाले बताउनुभयो ।
सौराहा किचनका सञ्चालक प्रकाश भट्टराईले आफ्नो होटल डुबानमा परेको भन्दै ३० लाख रुपियाँजतिको भौतिक संरचनामा क्षति भएको अनुमान गरिएको जानकारी दिनुभयो । सौराहामा ३१ वटा रेस्टुरेन्ट रहेकामा १० वटा डुबानमा परेका छन् । राप्ती नदी किनारका होटल तथा रेस्टुरेन्ट त पूर्ण रूपमै डुबानमा छन् । “कोरोनाले थला परेका बेला बाढीले उठिबास लगायो,” उहाँले भन्नुभयो ।
जारी निषेधाज्ञाका कारण गत वैशाख १५ गतेबाट सौराहा बन्द छ । राप्ती, बूढी राप्ती र ढुङ्ग्रे खोलामा व्यवस्थित योजनासहितको तटबन्ध नगर्ने हो भने सौराहामा बाढीबाट हुने थप क्षति रोक्न नसकिने उहाँको तर्क छ । सौराहा वरपर मात्रै बाघमारा क्षेत्रमा ४० भन्दा बढी घर डुबानमा रहेको बताइन्छ ।
ग्यास उद्योगमा पनि क्षति
यसैगरी पूर्वी चितवनको पर्सामा रहेको बाबा ग्यास कम्पनीमा कयर खोला पस्दा उद्योगमा क्षति भएको छ ।
बाबा ग्यास उद्योगका निर्देशक विमल कालाखेतीका अनुसार उद्योगका भरिएका र खाली हजारौँ सिलिन्डर बाढीले बगाएको छ । सेना प्रहरी लगाएर कर्मचारीको उद्धार गरिए पनि क्षति यकिन गर्न नसकिएको उहाँले जनाउनुभयो ।
 
यो पनि हेर्नुहोस्

Related Keywords

Rapti River , Nepal General , Nepal , Rapti , , Light Bhattarai His Hotel Failed , Hotel Association , Amore Hotel , Spring Parajuli , Corona Sick Failed , Secretary Guna Thapalya , Secretary Thapalya , Light Bhattarai His Hotel Failed Saying , West Rapti River , ரப்தி நதி , நேபால் , ரப்தி , ஹோட்டல் சங்கம் , மேலும் ஹோட்டல் ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.