comparemela.com


सेयर बजारमा दस कित्ते नीति
  
  
शेयर गर्नुहोस:
नरेन्द्रमान श्रेष्ठ
नेपालको सेयर बजारमा पछिल्लो समयमा ‘प्राथमिक सेयर’ (आईपीओ) लगानीकर्ताहरूको प्रवेश बढिरहेको अवस्थामा दस कित्ते नीतिको पनि चर्चाहरू हुने गरेका छन । कतिपयले यसबाट विकृति आएको भन्दै यो खारेज गर्नुपर्ने तर्क गरिरहेका छन् । खासगरी यसको चर्चा नेपाल धितोपत्र बोर्डको अध्यक्ष भीष्मराज ढुङ्गानाको अभिव्यक्ति सार्वजनिक भएपछि सबैतिर चासो व्यक्त भएको छ ।
ढुङ्गानाले एक टेलिभिजन अन्तर्वार्तामा दस कित्ते नीतिले सेयर बजारमा विकृति ल्याएको जस्तो धारणा राख्नुभएको थियो । यद्यपि अधिकांश लगानीकर्ताले दस कित्ते नीतिले सेयर बजारलाई फराकिलो बनाएको बताउने गरेका छन् । यसबाट सेयर बजारमा आम लगानीकर्ताको पहुँच पुगेको उनीहरूको धारणा छ । यो नीतिले सेयर बजारलाई विस्तृति बनाएको छ । यसले साना लगानीकर्ताहरू लाभान्वित भएका छन् ।
एक तथ्याङ्कका अनुसार हाल प्राथमिक बजारका लगानीकर्ताहरू १८ लाखभन्दा बढी भइसकेका छन् । यसको कारण भनेको दस कित्ते नीति हो भन्दा पनि फरक नपर्ला । प्राथमिक बजारमा सबै आवेदकहरूले दस कित्ता सेयर पाउने आशामा लगानीकर्ताहरू प्राथमिक बजारमा झुमिएका हुन् । यो नीतिले साना साना लगानीकर्ताहरूलाई पनि सेयर बजारमा आबद्ध हुन मद्दत गरेको छ ।
लगानीकर्ताहरूको आकर्षण प्राथमिक बजारमा भए पनि यसको गन्तव्य भनेको दोस्रो बजार नै हो । त्यसैले यही दस कित्ते नीतिबाट लावान्वित भएकाहरू विस्तारै दोस्रो बजारमा प्रवेश गर्नेछन् । यसले सेयर बजारको दायरालाई बढाउँछ । आईपीओ सेयर खरिद गर्न एक हजार रुपियाँ मात्रै भए पनि पुग्छ । त्यतिमा दस कित्ता सेयर भए पनि पाउने आशाले साना लगानीकर्ताहरूको आकर्षण बढेको हो तर पनि केही ठूला लगानीकर्ताले प्राथमिक बजारलाई आफ्नो पोल्टामा मात्रै पार्नका लागि सेबोनलाई आरोप लाग्दै आएको छ ।
त्यसो त विगतमा बोरा प्रवृत्ति रहेजस्तो पछिल्लो समयमा पनि यस्ता प्रवृत्तिले निरन्तरता पाइरहेकै छन् । कुनै पनि विषयमा नकारात्मक र सकारात्मक पाटो रहेका नै हुन्छन् । प्राथमिक सेयरमा आवेदन दिनेमध्ये ५० प्रतिशत नक्कली हुने पनि बजारमा चर्चा सुनिन्छ । एक जना व्यक्तिले सयौँ जनाको नागरिकता सङ्कलन गरेर बैङ्क र डिम्याट खाता खोल्ने गरेका विषयहरू पनि विभिन्न मिडियाबाट सार्वजनिक भइरहेकै छ । एक सेयर बजार विश्लेषकले त आफू एक जनाले नै ११ जनाको आईपीओ भरेको अभिव्यक्ति दिनुभएको थियो । सम्भवत यो सही पनि हुनसक्छ । तर यस्तो हो भने सम्बन्धित नियामक निकायहरूले छानबिन र अनुगमन गर्नुपर्छ । यद्यपि कतिपयले आफ्ना चिनेजानेका वा आफन्तको नाममा डिम्याट खोल्ने काम पनि गरिरहेका छन् । तर यसैको आधारमा जसरी सेयर बजारप्रति आम मानिसको ध्यानार्कषण भएको छ, त्यसलाई नजर अन्दाज गर्न मिल्दैन । अहिले सडकदेखि सदनसम्म सेयर बजारको चर्चा हुने गरेको छ । भने चिया गफमा पनि सेयर बजारको नै चर्चा हुन थालेका छन् ।
बजारमा नव प्रवेशीहरूका लागि प्राथमिक बजार उपयुक्त माध्यम हो । प्राथमिक बजारमा जोखिम कम हुन्छ दोस्रो बजारमा जस्तो जोखिम हुँदैन भन्ने आम लगानीकर्ताको बुझाइँको कारण यस्तो भएको हो । दोस्रो बजारमा प्रवेश गर्नका लागि प्राथमिक बजार एक सिंढी हो । यसकारणले पनि प्राथमिक बजारप्रति आम लगानीकर्ताको आकर्षण र चासो रहेको हो ।
सूचना प्रविधिको विकाससँगै सेयर बजारमा पनि त्यसले सकारात्मक योगदान दिएको छ । सेयर आवेदनका लागि चेक र नगद बोकी घण्टाँै लाइनमा बस्नुपर्ने स्थिति अहिले छैन । सेयर बजारका सबैजसो काम अनलाइनबाट हुने गरेका छन् । घरै बसेर सेयर किन्ने, बेच्ने, आवेदन दिनेलगायत सबै काम मोबाइल वा ल्यापटपबाट हुन्छ ।
यसकारणले पनि सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण बढेको हो । यसलाई विकृतिको संज्ञा दिनु गलत छ । प्राथमिक बजारमा नै किन नहोस् लगानीकर्ताहरू बढ्नु भनेको सेयर बजारका लागि राम्रो हो, यसले सेयर बजारलाई फराकिलो बनाउँछ । आईपीओ खरिदकर्ताको सङ्ख्या बढ्यो भन्दैमा विकृति बढ्यो भन्न मिल्दैन ।
नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारमा बुक बिल्डिङ प्रणाली लागू गर्ने भएको छ बुक बिल्डिङ प्रणली लागू भएपछि दस कित्ते नीति विस्तारै विस्थापन हुने नै देखिन्छ । कतिपय बुक बिल्डिङ प्रणाली सेयर बजारका लागि राम्रो मान्ने गरेका छन् । तर यस प्रणलीले सेयर बजारको प्राथमिक बजार पनि ठूलाबडा लगानीकर्ताहरूको हातमा जाने पनि देखिन्छ बुक बिल्डिङ प्रणालीमा सेयर खरिद गर्न ५० कित्ताभन्दा कम आवेदन दिन पाउँदैन । भने आईपीओ पनि एक सय रुपियाँमा नआउन सक्छ । यसले साना लगानीकर्ताहरूको पहुँच कम हुन्छ ।
त्यो त बुक बिल्डिङ प्रणाली लागू भए पनि सबै कम्पनी बुक बिल्डिङ प्रणालीबाट नै सेयर निष्कासन गर्छन् भन्ने पनि छैन । यद्यपि यसले साना लगानीकर्तालाई भने घाटा हुन्छ नै । यसले कतै साना लगानीकर्ता सेयर खरिदबाट वञ्चित हुने त होइन ? भन्ने प्रश्नसमेत स्वतः उब्जन्छ ।
(लेखक सेयर लगानीकर्ता हुनुहुन्छ ।)
 
यो पनि हेर्नुहोस्

Related Keywords

Nepal ,Bhismaraj Dhungana ,Company Book ,Market Common ,Market His ,Market New ,Market Book ,நேபால் ,நிறுவனம் நூல் ,சந்தை பொதுவானது ,சந்தை புதியது ,சந்தை நூல் ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.