comparemela.com

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोशी नदीमा रहेको खुवालुङ ढुङ्गा नचलाइकन त्यहाँको जल यातायात सुचारु गर्ने गरी योजना बनाइएको बताउनुभएको छ ।    
मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रमको अन्तिम दिन आज उहाँले कतिपयले खुवालुङ ढुङ्गाको विषयमा राजनीति गर्न खोजेको उहाँको आरोप लगाउँदै सो क्षेत्रमा जल यातायात सञ्चालनका लागि मार्ग (रुट) निर्माण गर्दा त्यहाँका ढुङ्गा ध्वस्त गर्न नखोजिएको स्पष्ट गर्नुभयो । 

प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ढुङ्गाको संरक्षणलाई कार्यक्रममा राखेको छ । उहाँले भन्नुभयो, “त्यो रुटमा जल यातायात चलाउने विषयमा विवाद गर्नुपर्ने ठाउँ छैन ।”    
मन्त्री नेम्वाङले कोभिड सङ्क्रमण कम हुनासाथ जनकपुर–जयनगर रेल सञ्चालन गरिने भएकाले सबै तयारी पूरा गर्न नेपाल रेल्वे कम्पनीलाई निर्देशन दिनुभएको छ । रेलमार्ग निर्माण सकिएर रेल खरिद गरिएको, जनशक्ति तयार भएको र कानुन निर्माण भइसकेकाले अब सञ्चालनका लागि समस्या नभएको उहाँको भनाइ छ ।

Related Keywords

Janakpur ,Nepal General ,Nepal ,Kathmandu ,Bagmati , ,Law Department ,Point His ,Place Land ,Access Road Construction ,Ministry Secretary Shrestha ,General Manager Thu Bhattarai ,General Bajracharya ,Law Department General Ghimire ,ஜனக்பூர் ,நேபால் ஜநரல் ,நேபால் ,கட்மாண்டு ,பாக்மாடி ,சட்டம் துறை ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.