comparemela.com


एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, पार्टी अनुशासन उल्लङ्घन गर्नेमाथि कारबाहीकाे निर्णय हुने
  
शेयर गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौं, साउन ४ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पूर्व निर्धारित बैठक विहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुलाई पार्टी अनुशासन उल्लङ्घनको कारवाही बारे छलफल हुने उहाँले बताउनुभयो । एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टीको निर्देशन विपरीत गए पार्टीको सदस्य नरहने चेतावनी दिएको थियो । प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए ।
त्यस्तै, आजको बैठकमा पार्टीको विधान महाधिवेशनको विषयमा पनि छलफल हुने पार्टी कार्यालय सचिव तामाङले बताउनुभयो । उहाँका अनुसार यही साउन २५ मा हुन गइरहेको विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ ।
आजको बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको भए पनि बैठकमा आउने नआउनेबारे खबर नआएको उहाँले बताउनुभयो । पार्टी एकतालाई सुदृढ बनाउने अभियान जारी रहेको भन्दै हिजो विघटित कार्यदलका सदस्यहरुले प्रधानमन्त्री देउवालाई भोट नदिएर पार्टी एकताको पक्षमा रहेको सन्देश दिनुभएको थियो । उपाध्यक्ष भीमबहादुर रावलले भने पदबाट नै राजिनामा दिनुभयो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्

Related Keywords

Kathmandu ,Bagmati ,Nepal ,Lalitpur ,Nepal General ,Madhav Kumar Nepal ,Bhim Rawal ,Sher Tamang ,Central Committee ,Uml Central Committee ,Office Secretary Sher Tamang ,Prime Minister Sher ,Prime Minister ,Office Secretary Tamang ,Task Force ,Vice President Bhim Rawal ,கட்மாண்டு ,பாக்மாடி ,நேபால் ,லலித்பூர் ,மாதவ் குமார் நேபால் ,பீம் றவள் ,மைய குழு ,ப்ரைம் அமைச்சர் ,பணி படை ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.