त्रिभुवन विश्व विद्यालयअन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बिहीबारदेखि सबै विश्व विद्यालय स्तरको परीक्षामा सहभागी हुन प्रवेश पत्र लिइसकेका विद्यार्थीहरुलाई अष्ट्राजेनिका खोप दिइन लागेको बताउनुभयो ।
प्रमुख खड्काका अनुसार खोप यही साउन ३० गतेसम्म लगाइने छ भने काठमाडौं उपत्यकाका पाँच वटा खोप केन्द्रको व्यवस्था गरिएको छ ।