comparemela.com


खुल्न थाले फेवा किनारका होटल
  
शेयर गर्नुहोस:
गण्डकी समाचारदाता
पोखरा, साउन १० गते । कोभिड–१९ को सङ्क्रमणका कारण तीन महिनादेखि बन्द पोखराको तालकिनार (लेकसाइड)का होटल खुल्न थालेका छन् । पोखरामा कोरोनाको सङ्क्रमणको जोखिम अझै रहे पनि स्वास्थ्य मापदण्ड पालना गरी होटलहरू खुल्न
थालेका हुन् ।
सरकारले आन्तरिक उडान तथा यातायातका साधन सञ्चालन गर्ने अनुमति दिएपछि पोखराका होटल व्यवसायीले होटल खोल्न थालेको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय कास्कीले साउन ४ देखि कुल क्षमताको ५० प्रतिशत मात्र पाहुना राख्न पाउनेगरी होटल सञ्चालन गर्न अनुमति दिएपछि सीमित होटल खुल्न थालेको तुलाचनले बताउनुभयो ।
५० प्रतिशत मात्र पाहुना राखेर होटल सञ्चालन गर्न अनुमति दिइए पनि अहिले कुल क्षमताको २ प्रतिशत मात्र पाहुना होटलमा आएको तुलाचनले बताउनुभयो । तीन महिनादेखि बन्द अवस्थामा रहेका होटलका संरचनासमेत मर्मत तथा सरसफाइ गर्नुपर्ने भएकाले पनि होटलहरू खुल्न थालेका हुन् ।
“कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले होटल खुलिहाले पनि तत्काल पाहुनाको चाप हुँदैन । तीन महिनासम्म बिग्रिएका संरचना मर्मत तथा सरसफाइका लागि भए पनि केही होटलले विभिन्न छुट योजनासहित होटल सञ्चालन गरेका छन्,” तुलाचनले भन्नुभयो । फेवाताल किनारमा मात्र ३५० भन्दा बढी साना तथा ठूला होटल रहेका छन् । साना होटललाई तत्काल सञ्चालन गर्न सहज भए पनि ठूला होटल तत्काल सञ्चालन गर्न समस्या हुने होटल व्यवसायी बताउँछन् ।
ठूला होटलमा जनशक्तिदेखि धेरै उपभोग्य वस्तुको आवश्यकता पर्ने भएकाले सीमित व्यक्तिलाई लक्षित गरेर होटल खोल्न गाह्रो हुन्छ । अहिले पोखरा–काठमाडौँ नियमित उडान सञ्चालन भइसकेको र लामो तथा छोटो दूरीका यातायातका साधन सञ्चालन भएपछि पाहुना आउने क्रम सु्रु भएको र स्वास्थ्य मापदण्ड पूरा गर्दै होटलभित्रै बसेर खाना खाने र सुत्ने व्यवस्था गरिएको छ ।
पहिलो चरणको कोरोना सङ्क्रमणका बेला छ महिना र अहिले तीन महिना गरी नौ महिना पूर्ण रूपमा होटल बन्द हुँदा व्यवसायीले ठूलो नोक्सानी भोग्नुपरेको छ । तालकिनारका होटलमा मात्र १५ हजारभन्दा बढी दक्ष तथा अदक्ष कामदार कार्यरत रहेकामा पहिलो चरणको कोरोना सङ्क्रमणपछि २५ प्रतिशत कामदारले रोजगारी गुमाएका बताइएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Related Keywords

Kathmandu , Bagmati , Nepal , Gandaki , Pokhara , Nepal General , , Office Kaski , Hotel The Association , Hotel Professional States , Pokhara Hotel , After Pokhara Hotel , Western Hotel , Office Kaski August , கட்மாண்டு , பாக்மாடி , நேபால் , கண்டகி , போகற , மேற்கு ஹோட்டல் ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.