comparemela.com


माथिल्लो मस्र्याङ्दी ‘ए’ एक महिनादेखि बन्द
३४ करोड ८० लाख घाटा
  
शेयर गर्नुहोस:
लमजुङ समाचारदाता
लमजुङ, असार २९ गते । लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना करिब एक महिनादेखि बन्द छ । एक दिन मात्रै विद्युत् उत्पादन नहुँदा करिब एक करोड २० लाख रुपियाँ घाटा हुने आयोजनाले जनाएको छ । मस्र्याङ्दी नदीमा आएको बाढीका कारण विद्युत् गृहको मेसिनमा क्षति पु¥याएपछि गत जेठ ३१ गते राति ११ बजेबाट आयोजनाबाट विद्युत् उत्पादन बन्द छ । आयोजना बन्द भएको २९ दिन पुगेको छ । यो अवधिमा दैनिक एक करोड २० लाख हाराहारीको घाटाले आयोजनालाई करिब ३४ करोड ८० लाख रुपियाँ घाटा भएको छ ।
माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत इन्जिनियर कर्ण अधिकारीले मस्र्याङ्दीमा बाढी उर्लिएर आएपछि टनेलबाट स–साना ढुङ्गा र बालुवा छिर्दा टर्वाइनमा समेत असर परेको छ । पावर हाउसको टेलरेसबाट पानी बग्नुपर्नेमा मस्र्याङ्दीको बाढी टेलरेसतर्फ पसेपछि क्षति पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार आयोजनाबाट दैनिक एक करोड बढी रुपियाँको विद्युत उत्पादन हुँदै आएकामा जेठ ३१ देखि बन्द हुँदा करोडौँ घाटा परेको छ । उहाँले भन्नुभयो, “हामी निरन्तर मर्मतमा छौँ । हामी छिट्टै आयोजना सञ्चालन गर्छौं । ”
माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाका दोभाषे दयाराम दाहालले बर्खायाममा ५० मेगावाट नै विद्युत् उत्पादन हुँदा आयोजनालाई २४ घण्टामा करिब एक करोड २० लाख रुपियाँजति आम्दानी हुनेमा बन्द हुँदा अहिलेसम्म ३४ करोड ८० लाख रुपियाँको हाराहारीमा घाटा बेहोर्नुपरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बाढीले आयोजनाको विद्युत् गृहदेखि बाँध क्षेत्रसम्मका आन्तरिक पोल ३८ वटामा क्षति पु¥याएको र सबै फेर्ने काम भइरहेको छ । एक साताभित्र मर्मत सक्नेगरी काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली ७० मेगावाटको मध्यमस्र्याङ्दीमा लगेर जोडिएको छ । मध्यमस्र्याङ्दीको केन्द्रीय प्रसारण लाइनको ९ नं. टावर मस्र्याङ्दीको बाढीले बगाएपछि मर्मत भइरहेको छ ।
माथिल्लो मस्र्याङ्दी ‘ए’ को ड्याम साइड क्षेत्रमा सिस्नेरी खोलाबाट बाढी आउँदा दुई वर्षअघि पनि आयोजनामा क्षति भएको थियो । त्यतिबेला तीन दिन विद्युत् अवरुद्ध भएको थियो । यस पटक ड्याम साइडमा खासै क्षति नपु¥याएको जनसम्पर्क अधिकृत अधिकारीले बताउनुभयो । उहाँका अनुसार अर्खलेबेँसीस्थित पानीको मापन गर्ने हाइड्रोलोजी स्टेसनमा पनि क्षति पु¥याएको छ । बाढीले पावरहाउसको नजिकै सुरुङ मार्ग अगाडिको पुलको संरचनामा पनि केही क्षति पु¥याएको छ ।
चिनियाँ लगानीमा निर्माण गरिएको यो आयोजना सन् २०१३ को जनवरीमा निर्माण सुरु भएको थियो । यो आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन थालेको थियो । यसमा चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० प्रतिशत र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी)को १० प्रतिशत लगानी छ । उक्त आयोजना करिब १६ अर्ब रुपियाँमा निर्माण भएको हो । यो आयोजना चिनियाँ लगानीमा निर्माण भएको नेपालको पहिलो जलविद्युत् आयोजना हो ।
 

Related Keywords

China , Chitwan , Nepal General , Nepal , Lamjung , Chinese , , Everest Hydropower The Company , Royal Palace , Project Public Relations , Powerhouse , Dayaram Dahal , Sisneri Brook , Public Relations , January Construction Start The , Nepal Chitwan , Everest Hydropower , Construction The Nepal , சீனா , சிட்வான் , நேபால் , சீன , அரச அரண்மனை , ப்ராஜெக்ட் பொது உறவுகள் , பவர்‌ஹௌஸ் , பொது உறவுகள் ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.