comparemela.com


विदेशीलाई स्थल मार्गबाट प्रवेश निषेध
काजकिरियामा सहभागी हुनेलाई सीधै गन्तव्य स्थलसम्म पुग्ने अनुमति
  
शेयर गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १५ गते । विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस्था गरेको हो ।
कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकको आवागमनलाई व्यवस्थित गर्न यस्तो आदेश जारी गरिएको हो ।
आदेशको व्यवस्थाअनुसार विदेशी नागरिकले नेपालले निर्धारण गरेका सर्तहरूको पालना गरी हवाई मार्गबाट मात्र प्रवेश गर्न पाउनेछन् । नेपाली नागरिक भने दक्षिणतर्फका १३ वटा नाकाबाट नेपाल प्रवेश गर्न सक्नेछन् । उत्तरतर्फको नाका भने आदेशमा समावेश गरिएको छैन ।
विदेशबाट नेपाल आउँदा हवाई यात्रुहरूले अध्यागमनमा दर्ता गर्नुपूर्व ७२ अघिल्लो १२ घण्टाभित्रको फोटो एवं बारकोडसहितको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्नेछ । त्यस्तै सीसीएमसीको वेबसाइटमा रहेको आगमन फाराम भरेको यकिन गरेपछि मात्र यात्रुहरूको दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल फर्किनुपूर्व यात्रुहरूले क्वारेन्टिन बस्नका लागि होटल अनिवार्य बुक गरेको हुनुपर्छ । आफैँ होटल बुक नगरेको अवस्थामा सरकारले तोकेका होटलमा क्वारेन्टाइन बस्नसक्ने प्रावधान छ ।
खोपको मात्रा पूरा गरेको प्रमाणपत्र भएका र कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका हवाई मार्गबाट आउने यात्रु १० दिन स्व–क्वारेन्टाइनमा बस्ने गरी गन्तव्य स्थलसम्म जान दिन सकिने व्यवस्था पनि गरिएको छ । निजले भरेको फाराम सम्बन्धित डीसीएमसी र स्थानीय तहमा भने अनिवार्य पठाउनुपर्नेछ ।
होटल क्वारेन्टाइनमा बसेका यात्रुहरूले सातौँ लिनमा आफ्नै खर्चमा कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा सम्बन्धित स्थानीय तहको अनुगमनमा थप चार दिन होम क्वारेन्टाइनमा बस्ने गरी पठाउन सकिने व्यवस्था पनि गरिएको छ ।
डिपोर्टेसन, जेलमुक्त भई स्वदेश फिर्तीको क्रममा रहेका नेपालीलाई कूटनीतिक नियोगले छानबिन गरी आर्थिक अवस्था कमजोर भएको सिफारिस गरेका व्यक्तिलाई नेपाल सरकारले तोकेको क्वारेन्टाइमा राखिने व्यवस्था छ । त्यसरी क्वारेन्टाइनमा बसेकाहरूको कोभिड–१९ परीक्षणदेखि घरसम्म जाने खर्च नेपाल सरकारले नै बेहोर्नेछ ।
अन्तिम संस्कार (काजकिरिया)मा सहभागी हुन विदेशबाट नेपाल आउने व्यक्तिको हकमा स्थानीय तह वा सीसीएमसीको सिफारिसमा एन्टिजेन परीक्षण गरी नेगेटिभ आएमा घर वा गन्तव्यसम्म जान अनुमति दिइने भएको छ । त्यस्तो व्यक्तिले एघारौँ दिनमा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्नेछ ।
अशक्त अथवा फरक क्षमताका व्यक्तिहरू र बिरामीसँगै कुरुवा भएर आएकाको हकमा एन्टिजेन परीक्षण गरी नगेटिभ आएमा अस्पतालबाट जारी आधिकारिक कागजातका आधारमा कम्तीमा १० दिन होम क्वारेन्टाइन वा अस्पतालमा पठाइने व्यवस्था छ । कूटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारीको हकमा सम्बन्धित नियोगले परराष्ट्र मन्त्रालयमार्फत गरेको सिफारिसका आधारमा सम्बन्धित नियोगले व्यवस्थापन गरेको क्वारेन्टाइनमा १० दिन बसेर कोभिड परीक्षण नेगेटिभ आएपछि मात्र नियमित काममा फर्कन अनुमति दिइने व्यवस्था गरिएको छ ।
सरकारी काममा विदेश गएका नागरिक र विदेशमा रहेको नेपाली नियोगबाट नेपाल फर्कने कर्मचारी र परिवारको हकमा रिपोर्ट नेगेटिभ आएमा सम्बन्धित निकायको हकमा कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने र एघारौँ दिनमा पीसीआर नेगेटिभ आएमा कार्य क्षेत्रमा जानसक्ने व्यवस्था छ । विदेशमा जिम्मेवारी पूरा गरेर फर्किएका सुरक्षाकर्मीको हकमा सुरक्षा निकायको सिफारिसमा कम्तीमा १० दिन संस्थागत क्वारेन्टाइनमा बस्ने गरी अनुमति दिइने र परीक्षण नेगेटिभ आएपछि मात्र कार्य क्षेत्रमा जान सक्नेछन् । नेपालबाट विदेश प्रथान गर्ने यात्रुहरूको हकमा ४८ घण्टाभित्रको वा गन्तव्य मुलुकको मापदण्डमा तोकिएअनुसारको नेगेटिभ रिपोर्ट बुझाउनुपर्ने सीसीएमसीको र वेबसाइटमा रहेको फाराम अनिवार्य भर्नुपर्नेछ ।
 
यो पनि हेर्नुहोस्

Related Keywords

Kathmandu , Bagmati , Nepal , Hawaii , United States , , Hotel Book , Foreign Affairs The , Nepal Determination , Home Or Hospital , Foreign Affairs , Nepali Nepal , Nepal Foreign , கட்மாண்டு , பாக்மாடி , நேபால் , ஹவாய் , ஒன்றுபட்டது மாநிலங்களில் , ஹோட்டல் நூல் , வெளிநாட்டு வாழ்க்கைத்தொழில்கள் தி , வெளிநாட்டு வாழ்க்கைத்தொழில்கள் , நேபால் வெளிநாட்டு ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.